२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आयामको साधारण सभा सम्पन्न , सहकारीको कारण निम्न बर्गको हित हुन्छ – हुमागाइ


३७०० पाठक संख्या

बनेपा -आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको

  • नवसंकेत अनलाईन
  • २०७५ भाद्र ६, बुधबार मा प्रकाशित ५ साल अघि
  • बनेपा -आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    प्रदेश सांसद बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि सांसद हुमागाईले सहकारीहरुले मुलुकमा रहेका व्यवसायीहरुको लागि आवश्यक आर्थिक व्यवस्थनापन गर्न सहयोग मिलेको बताउनु भयो । सहकारीकै माध्यमले गर्दा विगतका ठेकी कट्ने गुहारे साथै चर्काे व्याजदरको अनत्य गर्न सफल भएको जसले गर्दा निम्न आए भएका बर्गको हित भएको बताउनु भयो । सहकारीहरुले गर्दा ग्रामिण बस्तिमा गरिने साना साना कुटीर उद्योगहरुलाई समेत सहयोग पुगेको बताउनु भयो । उहाँले थप्नुभयो सहकारीहरु फस्टाउनु नै आर्थिक विपन्न भएका नेपाली फस्टाउनु हो भन्नुभयो ।

    काभे्र जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई युवा व्यवसायिहरुको संलग्नतामा संञ्चालन भएको उक्त सहकारी संस्थाले ७ सय ४५ जना शेयर सदस्यबाट ६५ लाख ५७ हरार सात सय शेयर पुजी संकलन गरेको छ । संस्थाको कुल सम्पत्ती चार करोड ४७ लाख एक हजार १ सय ४, कुल निक्षेप संकलन दुई करोड ७७ लाख २६ हजार ३ सय ८४, ऋण लगानी तीन करोड ८१ लाख २५ हजार ५ सय ६६ रहेको छ ।

    आयाम सोकोसका अध्यक्ष नवराज घोरासाइनेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सचिव डम्बर बहादुर लम्सालले सचिवको प्रतिवेदन, कोषाध्यक्ष सुनिल चौलागाईद्धारा कोषाध्यक्षको प्रतिवेदन तथा लेखा समिति संयोजक विनोद बजागाईले लेखा सुपरिक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभे्रका अध्यक्ष मोतिराम तिमल्सिना, नेफस््कुनका केन्द्रीय सदस्य उद्धव सापकोटा, जिल्ला बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष तीर्थ प्रधान, जिल्ला सहकारी संघका सचिव दिलिप शर्मा लगायतले सहकारीको हितको लागि सरकारले कार्य गर्नुपर्ने बताउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार