२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा सम्बृद्दी यातायातको सेवा सुरु


५८९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ भाद्र ७, बिहिबार मा प्रकाशित ५ साल अघि
  • शुसिलराज गिरी

    पाँचखाल। पाँचखाल र आशपासको क्षेत्रलाइ सुबिधा दिने उद्देश्यले सम्बृद्वी यातायात सेवा समीतिले आजबाट बस सेवा सन्चालन गरेको छ ।

    सरकार ले यातायात मा भएको सिन्दीकेट तोडेको लामो समय हुदा पनि उक्त क्षेत्रमा सुबिधा सम्पन्न यातायात सेवा सन्चालन हुन नसक्दा यात्रुहरुलाई समस्या भएको थियो । काभ्रेको धुलीखेल सम्म मयुर ,सिटी ,साझा लगायत ले सुबिधा दिही रहदा पनि पाचँखाल भने पुरानै यातायात समिति मा भरमा पर्नु पर्दा बिहान बेलुकी यातायात समस्या झेल्दै रहेका यात्रुहरुको समस्या सम्बृद्दि यातायातले गर्दा दुर भएको छ ।

    यातायात सन्चालनको बिषयमा थ्रीट मल्टिपल परपोज कम्पनी प्रा लि का अध्यक्ष जकेन्द्र श्रेष्ठ सग सम्पर्क राख्दा पाचँखाल लाई सम्बृद्वी यातायात बाट राजधानी जोड्न चाहेको बताउनु भयो । उहाँले थप्नुभयो यात्रुहरुको हित र सुबिधाको लागि हामिले सेवा बिस्तार गर्न सुरु गरेको बताउनु भयो ।

    त्यसैगरि पाँचखाल यातायात ब्यबस्थापन समितिका संयोजक तथा पाँचखाल ५ का वडा अध्यक्ष बाल कृष्ण सापकोटाले सम्बृद्वी यातायात को यो कदम मा नगर ले सक्दो सहयोग गर्ने बताउनु भयो । पाँचखाल र आसपासका यात्रुहरुले बिगतमा धेरै दुख पाए , साँझ नपर्दै बनेपाबाट आउन साधन नहुने साथै बिहान पाँचखालबाट बनेपा काठमाडौं तर्फ जान साथै बिहान बिद्यार्थीहरु कलेज जान सवारि साधनको अभावले गर्दा समस्यामा पर्ने गरेकोले अवका दिनमा त्यस्ता खाले समस्या समाधान हुने बताउनु भयो । अब सम्बृद्दीका यातायात व्यवशायिहरुसग छलफल गरि बनेपाबाट बेलुका ७ बजे गाडि छुट्ने र सो बस जीरो कीलोमा बाँस बस्ने र बिहान ५-३० बजे जिरोबाट छुट्ने व्यवस्था गर्न लागेको वताउनु भयो ।

    पाँचखाल का मेयर महेश खरेलसग सम्पर्क गर्दा राजधानी जोड्न पाँचखाल नगर बस राख्ने र पाँचखाल मा बस पार्क को लागि विभिन्न समय मा चरन बद्व काम भैरहेको बताउनुभयो । विभिन्न समय मा चरन बद्व काम भैरहेको बेला सम्बृद्वी यातायात को चाहना ले आफु र सम्पूर्ण नगरवासि लाई थप उर्जा मीलेको बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार