२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बाथ मुटुरोगको हजार परिक्षणमा ६ को अवस्था जटिल


२६०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ भाद्र २५, सोमबार मा प्रकाशित ५ साल अघि
  • अशोक कुइकेल /पाँचखाल
    रोटरी क्लव अफ काभे्र बनेपाको आयोजना साथै नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभे्र शाखाको संयोजनमा बाथ ज्वोरो तथा बाथ मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

    काभ्रे जिल्लामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने १० हजार विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने उद्देश्य लिएर सुरुगरेको निःशुल्क परिक्षण पाँचखाल बाट सूरु भएको छ । पाँचखालको सर्वमंगला उ.मा.वि र साविक देवभूमी बालुवामा रहेको आजाद उ.म.वीमा बरिष्ट मुटुरोग बिशेषज्ञ एवम हृदयरोग निवारण प्रतिष्ठानका महाँसचिव डा.प्रकाशराज रेग्मी र मुटुरोग बिशेषज्ञ सत्यनारायण सुवाल समेतले विद्यार्थीहरुको बाथ ज्वोरो तथा बाध मुटुरोग सम्बन्धि स्वास्थ्य परिक्षण गरेका थिए ।

    शिविरमा शर्वमंगला उ.मा.विमा ४३० जनाको परिक्षण हुंदा १४ जनाको ईको गरीएको र २ जनालाई उपचारको लागि पठाईएको छ । त्यसैगरी आजाद उ.मा.विमा ५७० जनाको परिक्षण गर्दा १८ जनाको ईको गरीएको र ४ जनालाई उपचारको लागि सम्बन्धित अस्पतालमा पठाएको जानकारी प्राप्त भएको छ ।

    बरिष्ट मुटुरोग बिशेषज्ञ एवम हृदयरोग निवारण प्रतिष्ठानका महाँसचिव डा.प्रकाशराज रेग्मीका अनुसार दुवै बिद्यालयमा स्वस्थ्य परिक्षण गर्दा ६ जनालाई उपचारको लागि सम्बन्धित अस्पतालमा मध्य २ जनाको स्वास्थ्य निकै नाजुक रहेको जानकारी गराउनु भएको छ । उनिहरुको उपचारको लागि प्रतिष्ठानले सहयोग गर्ने बताउनु भएको छ ।

    ज्वरो आउने टन्सिल हुने र जसको कारण गोडा सुन्निने जस्ता लक्षण बाथ ज्वोरो तथा बाथ मुटुरोग बाट हुन सक्ने भन्दै त्यस्ता रोगलाई सामान्य ठानेर जटिल स्थिति पैदा नरहोस भन्दै उक्त शिविरको आयोजना गरेको रोटरी क्लव अफ काभे्रका अध्यक्ष शुन्दर थापाले बताउनु भयो । बिशेष गरेर गाउंगाउंमा त्यस्ता समस्या भएका विरामिको संख्या धेरै हुने र जटिल अवस्था आएपछि मात्र उपचारको आलि अस्पताल पुग्ने हुंदा जटिल अवस्थामा उपचार गर्न निकै समस्या हुने भएकोले त्यस्ता समस्यामा कोही नपरुन भन्ने उद्देस्यले काभे्रमा १० हजार जनाको परिक्षण गर्न लागेको बताउनु भयो ।

    नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभे्र शाखाका उप सभापति एवं योग गुरु गु्रवेन तौजलेले काभे्रमा मुटु रोगको कारण कसैले पनि दुख पाउनु नपरोस भन्ने उद्देश्यले शिविर संचाल गरेको वताउनु भयो । मुटुलाई कुनै पनि प्रकारको समस्याबाट वचाउनको लागि योगको ठुलो महत्व भएकोले योग अनिवार्य भएको वताउनु भयो । नियमित ढंगबाट योग गर्ने गरेमा मुटु लगाएतको धेरै रोग नलाग्ने यदि लागेको भएपनि नियन्त्रण हुने बताउनु भयो ।

    त्यसैगरी शिविरमा आउनुभएका रोटरी क्लव अफ काभे्र बनेपाका पुर्व अध्यक्ष मानकाजी प्रधानले समाजको दुरदराजमा अन्जानमा फैलंदै आएको कुनैपनि समस्याको समाधान गर्ने उद्देस्यका साथमा अगाडी बढेको रोटरीले, बाथ ज्वोरो तथा बाध मुटुरोग सम्बन्धि समस्यामा कोहीपनि नपरुन भन्ने उद्देस्य लिएर जिल्लाका बिभिन्न विद्यालयका १० हजार विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने तयारी गरेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार