२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्राविधिक शिक्षामा वनेपा पाेलिटेक्निक अब्वल


३४५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ भाद्र २८, बिहिबार मा प्रकाशित ५ साल अघि
  • माेहन गजुरेल
    वनेपा /काभ्रे जिल्लाको बनेपामा अाधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने उदेश्यले स्थापित पाेलिटेक्निक चीन सरकारकाे अनुदान सहयाेगमा संचालित सिटिईभिटिकाे अांगिक शिक्षालय हाे ।
    कम अाय भयका तथा निम्नमध्यम वर्गकाहरूलाई लक्षित गरि निर्माणकार्य अा.व.२०६२/६३ मा सुरू भई २०६५ बैशाख १३ गते हस्तान्तरण भयकाे थियाे । त्यसै वर्ष कार्तिक २४ दखि ३ वर्षे डिप्लोमा तह सुचना प्रविधि विषयकाे अध्यापन गराउंदै अाईरहेकाे छ ।
    क्रमश डिप्लोमा तह ईलेक्ट्रिकल ईन्जिनियरिङ , डिप्लोमा तह हाेटल म्यानेजमेन्ट ,डिप्लोमा तह सिभिल ईन्जिनियरिङ ,डिप्लोमा तह जियाेमेटिक्स ईन्जिनियरिङ गरि पाँच वटा बिषयकाे कार्यक्रम संचालन हुँदै अायकाे उक्त शिक्षायका प्रमुख मिष्टरकान्त मैनालिले नवसंकेत अनलाइनलाई जानकारि दिए ।
    वनेपा नगरपालिकाले उपलब्ध गरायकाे १०२ राेपनि क्षेत्रमा भवन तथा खेलमैदान निर्माण गरपयकाे छ ।काेहि व्यक्ति एक पटक छिर्ने वितिक्कै अानन्दकाे अनुभूति गर्नेखालकाे वातावरण रहेको छ । प्रशिक्षण,प्रशासनिक ,छात्रावास ,बहुउद्देश्यीय ,प्रयाेगशाला सहित १९ वटा साना ठूला भवनहरू रहेका छन् ।
    प्रशिक्षण,ल्याव र फर्निसिङ्गका सामग्रिहरू वाहेक सीमा पर्खाल र भवन निर्माणमा ७१ कराेड (७१० मिलियन )लागतमा चीन सरकारले अनुदानमा दक्ष प्राविधिक टाेलि व्यवस्थापन गरि निर्माण गरकाे थियाे भने २०७२ वैशाखको विनाशकारी भुकम्प वाट सामान्य क्षति भयकाे ठाउँमा पनि चीन सरकारकाे उच्चस्तरीय प्राविधिक टाेलिले निरिक्षण गरि चीनबाटै ल्याईएका प्राविधिकले अप्रिल मेमा मर्मतसम्भार गरेका थिए ।
    हाेटल व्यवस्थापनमा ४० जना र सुचना प्रविधि र ईन्जिनियरिङ तर्फ ४८/४८ जना भर्ना लिन सक्ने शिक्षालयमा जम्मा ६९६ जना पूर्ण क्षमतामा संचालन गर्नसक्ने रहेकाे छ। हालसम्म डिप्लोमा तर्फ ६४८,व्यवसायिक तालिम १९३९,जीवन निर्वाह तालिम ५७४, १ वर्षे कुक महिला १९ जना विधार्थि उत्पादित भई सकेका छन भने १ वर्षे कुकमा २० जना महिला निशुल्क प्रशिक्षण लिई रहेका छन ।
    नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतकाे प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् द्वारा संचालित यस शिक्षालयले डिप्लोमा तहका प्राविधिक कार्यक्रमहरू,बजारकाे माग अनुसारको व्यावसायिक तालिमहरू,जीवन निर्वाहकाा तालीमहरू संचालन गर्ने लक्ष्य लियकाे छ ।

    यस शिक्षालयमा महिला , दलित,मधेसी ,जनजाति ,द्वन्द्वपिडित,दुर्गम र वनेपा नगरपालिकाकाे काेटा निर्धारण गरि अांशिक,निशुल्क छात्रवृत्ति काे व्यवस्था गर्नुकाे साथै पूर्ण शुल्कमा सूचना प्रविधिमा १,१०,०००/-ईन्जिनियरिङमा १,३०,०००/-र हाेटल व्यवस्थापन १,५०,०००/-शुल्क संचालक समितिको निर्णय अनुसार लागू गरियकाे शिक्षालयका शिक्षालय प्रमुख मैनालिले जानकारि गराउन भयकाे थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार