२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

जग्गा दर्ता बिवाद समाधानको लागि माकुरा समुह, मेरो नाउमा भएको जग्गा विना पैसा फिर्ता गर्छु – लुइटेल


३०११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ भाद्र ३०, शनिबार मा प्रकाशित ६ साल अघि
  • अशोक कुइकेल /पाँचखाल -साविक देवभूमी वालुवा गा.वि.स हाल पाँचखाल नपा १२ मा रहेको जग्गा दर्ता सम्बन्धी लामो विवादलाई समाधान गर्ने उद्देश्यले प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण कार्यक्रमको आयोजना गरी प्रक्रिया प्रस्ताव पारितको लागि संयुक्त बैठक सम्पन्न भएको छ । ०३२ सालमा नापी हुनुभन्दा अगाडिबाट ५० भन्दा धेरै घरपरिवारले भोगचलन गर्दे आएको करिव सय रोपनि जग्गा भोगचलन गर्नेलाई जानकारीनै नगराई चन्द्रध्वज खाँडको नाममा दर्ता हुंदा स्थानियहरु समस्यामा परेका थिए ।

    जग्ग दर्ता विवादको बिषयलाई मध्यनजर राख्दै द्वन्द्व रुपान्तरण सहयोगी (माकुरा) समुहको आयोजना तथा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहयोगमा शुक्रबार बकुल्टारमा कार्यक्रम सम्पन्न भएको थियो । वकुल्टार, खामपुर लगायतको स्थानमा रहेको करिव एक सय रोपनी जग्गा दर्ताको बिषयमा लामो समयदेखी स्थानियहरु निरन्तर रुपमा अगाडी बढेका थिए । पटक पटक भएको वार्तावाट सहमती जुट्न नसकी अदालत सम्म पुगेको उक्त विवाद हाल सम्म पनि टुंगिन नसक्दा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रले समस्या समाधानको लागि पहल गरेको छ ।

    उक्त कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरपालिकाका उप—मेयर लक्ष्मी दनुवारले वीगत ५ पुस्ता देखी भोगचलन गर्दै आएको व्यक्तिको नामममा जग्गा दर्ता हुनुपर्ने बताउनु भयो । ०३२ सालमा नापी हुने क्रममा चन्द्रध्वज खाँडको नाममा नापी भएपनि जस्को नाममा नापी उसले भोगचलन गर्नेहरुलाई जग्गा दिने बिषयमा मन्जुर भएको बताउनु भयो । चन्द्रध्वज पक्षले जग्गा दिने करिव निस्चित भएको अवस्थामा विचौलीयाले तानामुना बुन्दा समस्या भएको वताउनु भयो । सोही तानामुनाको कारणले चन्द्रध्वज नाम गरेकै अर्को व्यक्तिले बिवाद गर्दा काम रोकिएको बताउनु भयो । उहाँले अहिले देखापरेको खाँड नक्कलि हुनसक्ने शंकेत गर्नु भयो । स्थानियहरु खाँडको कारणले समस्यामा परेको वताउंदै त्यस्ता समस्यामा परेका पिडितहरुको पक्षमा आफु साथै पाँचखाल नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।

    कार्यक्रममा समाजसेवी शरण प्रसाद आचार्यले ५ पुस्ता भन्दा अगाडीदेखी भोगचलन गर्नेहरुको नाउमा पुर्जाबनाउने कार्यमा आफ्नो साथ र सहयोग मिल्ने बताउनु भयो । पिडितहरुलाई जग्गा उपलब्ध गराउने बिषयमा बिगतमा पनि धेरै लागिपरेको बताउनुभयो । भोगचलन गर्नेहरुको नाउमा पुर्जा वन्नुपर्ने भनदै उहाँले थप्नुभयो आगामी दिनमा पनि समय साथै केही आर्थिकनै खर्च गर्नु परेपनि पछि नहट्ने बताउनु भयो । “तपाईहरु होस्टे गर्नुहोस म हैसे गर्छु, आचार्यले थप्नुभयो ।

    कार्यक्रममा समाजसेवी रत्नप्रसाद लुंईटेलले भन्नुभयो, भोगचलन गर्नेको नाउमा जग्गा दर्ता नभई चन्द्रध्वज खाँडको नाउमा दर्ता भएपछि सो जग्गालाई भोगचलन गर्ने पक्षको नाउमा हुनुपर्ने भन्दै आफु निरन्तर रुपमा अगाडि बढेको त्रताउनु भयो । स्थानिय पिडितहरुको जग्गा सुरक्षीत गर्नको लागि चन्द्रध्वज खाँडको नामबाट षेसपछिको बकस लिएको वताउनु भयो । तर चन्द्रध्वज खाँड समेत तीन जनाको नाममा साविक लगत भएकोले अन्य दुई जनाले विवाद गर्दै अदालत जाँदा से.व गरेको मध्य आधा फिर्ता भएको वताउनु भयो । त्यसमा पनि सोही नाम गरेको अर्को व्यक्तिले बिवाद गर्दै अदालत जाँदा आफ्नो नाउमा भएको आधा जग्गा पनि भोगचलन गर्नेलाई दिन नपाएको बताउनु भयो । उहाँले थप्नुभयो लामो समयसम्म आफुले जग्गा फिर्ता गर्ने नाउमा जे जति खर्च गरेपनि अन्तिम किनारा लागेको अवस्थामा कुनै शुल्क नलिई भोगचलनको आधारमा जग्गा फिर्ता गर्ने बताउनु भयो ।

    द्वन्द्व रुपान्तरण सहयोगी माकुरा समुहको सदस्य शन्जिव आचार्यको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पाँचखाल वडा नं १२ का वडाध्यक्ष गोपाल दनुवारले समस्याको समाधानको लागि आफु निरन्तर रुपमा अगाडी बढ्ने बताउनु भयो । त्यसैगरी प्रकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्रकी सहज कर्ता गंगा दोङ्गले द्वन्द्व रुपान्तरणको लागि तयार गरेको १३ बुंदे नीति नियमको खेस्रा प्रस्तुत गर्नुभएको थियो । प्रकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्रकी राष्ट्रिय प्रशिक्षक रिता मानन्धरले कार्यक्रमको बारेमा जानकारी गराउंदै केन्द्रले पुलको भूमिका निर्वाह गर्दै दुवै पक्षको जित÷जित हुनेगरी कार्य सम्पन्न गर्ने बताउनु भयो । माकुरा समुहको सदस्य एवं शिक्षाविद प्रल्हाद तिमल्सिनाले जग्गा दर्ता विवादको कारण उत्पन्न भएको समस्याको बारेमा प्रष्ट्याउंदै कार्यक्रम संचालन गर्नुभएको थियो भने माकुरा समुहका सदस्य हरीगोपाल दनुवारले स्वागत मन्तव्य राख्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार