२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखाल आइ.एफ.के.केका खेलाडी राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट


२८८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन ९, मंगलबार मा प्रकाशित ५ साल अघि
  • अशोक जंग दनुवार
    काठमाडौ-ईन्टरनेसनल फेडेरेसन अफ क्योकुुसिन काईकान (केन्द्रिय डोजो काठमाडौं) को आयोजनामा सम्पन्न सम्पन्न एक दिवसिय खेलमा हरि दनुवार प्रथम राष्ट्रिय पुरुष तथा महिला तौलसमुह फुल कन्ट्याक्ट प्रतियोगिताको च्याम्पिएन बन्न सफल भएका छन् ।

    काठमाडौ त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न ६० केजि समुहको खेलमा वलराम घिसिंङलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । ६० केजी समुहका रमेश दनुवारले तेस्रो स्थान ओगटेदै कास्य पदक जित्न सफल भएका थिए भने सोही समुहका बिकल दनुवार चौथो स्थान ओगट्न सफल भएका थिए ।

    ५५ केजि समुहका महेश भुजेलले आङनिमा शेर्पालाई हराउंदै स्वर्ण जित्न सफल भएका थिए भने तेस्रो स्थानमा काजु लामा रहेका थिए । त्यसैगरी २५ केजि समुहको खेलमा धिकि तामाङले सुदिप लामालाई पछि पार्दै पहिलो स्थान सुरक्षीत राख्न सफल भए भने तेस्रो स्थान समिर लिम्बुले सुरक्षीत गरे । त्यसैगरी ३५ केजी समुहको खेलमा अनमोल माझिले उपाधि चुमे । दोस्रोमा त्रिलोक ब्लोन र तेस्रोमा सुजन तामाङ भएका छन् ।

    त्यसैगरी महिला ४५ केजी समुहको खेलमा श्रेया राईलाई पछि पार्दै दिपा शाहिले प्रथमको उपाधि चुमीन् भने सरस्वति बोहोराले तेस्रो स्थान सुरक्षीत गर्न सफल भईन । सवै विजेताहरुलाई सम्मान गर्दै प्रमाणपत्र सांसद रत्नप्रसाद ढकालले वितरण गर्नु भएको थियो । खेलाडिहरुलाई हौसला प्रदान गर्ने उद्देष्यले पाँचखाल नगरका उप—मेयर लक्ष्मी दनुवारले व्यक्तिगत रुपमा नगद ५ हजार र पाँचखाल नगरपालिका वडा नं १२ को तर्फबाट वडाध्यक्ष गोपाल दनुवारले ५ हजार नगद सहयोग गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार