२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दुई सहकारी एक भएर अगाडी बढ्दै, जनप्रतीनिधि साशक होईनन् सेवक हुन् – खरेल


४०९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन ९, मंगलबार मा प्रकाशित ५ साल अघि
  • वालुवा-फुटेर हैन जुटेर अगाडी बढे गन्तव्यमा सहज ढंगले पुगिने भन्दै देवभूमी बालुवामा रहेको आजाद कृषि सहकारी संस्था र किसान जागरण तरकारी उत्पादक सहकारी संस्था विच एकिकरण भई आजाद जागरण कृषि सहकारी संस्थाको नामबाट अगाडी बढ्ने भएका छन् ।

    आजाद माध्यमिक विद्यालयको प्राङ्गनमा भएको बृहत भेलाले दुवै सहकारी संस्थालाई एक गराउन सफल भएको थियो । ग्रामिण बस्तिमा छरीएर रहेको पँुजिलाई संकलन गर्दै ठुलै आर्थिक भार आउदा समेत शेयर सदस्यहरुको समस्यालाई सहज ढंगबाट समाधान गर्न सक्ने ढंगबाट सहकारी अगाडी बढ्ने भएको छ । बिशेष गरेर कृषकको वाहुल्यता भएको उक्त दुई सहकारी संस्थाका शेयर सदस्यहरुलाई आधुनिक कृषि पेशा मार्फत आय आर्जन गराउने लक्ष लिएको जानकारी प्राप्त भएको थछ ।

    दुई सहकारी एक भएको उद्घाटन गर्दै प्रमुख अतिथि एवं पाँचखाल नगरपालिकाका मेयर महेस खरेलले कृषकहरुको हितको खातिर कार्य गर्ने प्रमुख उद्देस्यले अगाडी बढेको सहकारीलाई आफुले पुर्ण रुपमा सहयोग गर्ने बताउनु भएको थियो । आधुनिक ढंगको तरकारी खेतीको लागि पाँचखाल नगरपालिका अगाडी बढि सकेको वताउंदै कृषि नगरी पाँचखालको पहिचान नै स्वच्छ तरकारी उत्पादन भएको वताउनु भयो । आधुनिक तरीकाले खेती गर्दा रासायनिक मल साथै बिषादीमा अत्यन्त कम खर्च हुने साथै उत्पादन बृद्धि हुने बताउनु भयो । आधुनिक तरीकाले गरीने प्राङ्गारिक खेतीबाट उत्पादन भएको तरकारीको संकलन केन्द्र निर्माण हुंदै गरेको बताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि खरेलले भन्नु भयो सहकारीमा कुनै प्रकारको राजनीति मिसिनु नहुने बताउनु भयो । सहकारी वास्तबमै सहकारीकै रुपबाट अगाडी बढ्दा राम्रो हुने बताउंदै दुई सहकारीको एकताले सकारात्मक शंदेस दिएको वताउनु भयो । सहकारी भनेको एक प्रकारको सामाजिक संस्था भएकोले कुनै पनि सामाजिक संस्था निस्पक्ष हुनुपर्नेमा जोड दिनु भएको थियो । सहकारीहरुको कारण समाजमा विगतमा लिने चर्को व्याजको अन्य भएकोले त्यस्ता राम्रो कार्यगर्नेलाई सवैले साथ दिनुपर्ने बताउनु भयो । जजनप्रतीनिधि भनेको सासक नभै नजताको सेवक भएकोले जनताको सेवाको लागि पाँचखाल नगरका जनप्रतीनिधिहरु सदैव तयार रहेको बताउनु भयो ।

    देवराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दुवै संस्थाका पुर्व अध्यक्षहरुलाई सम्मान गरेको थियो । जसमा अध्यक्षहरु बद्रीनाथ लुंईटेल, गणेशप्रसाद पराजुली, रामहरी आचार्य, श्रीभक्त श्रेष्ठ , सुदर्शण आचार्य, मनोज शंजेल, राजेन्द्र लुंईटेल र सुमन लुंईटेललाई सम्मान गरेको थियो । दिलिप आचार्यबाट स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा, कार्यक्रम संचालन आजाद माविका प्रधानाध्यापक प्रल्हाद तिमल्सिनाले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार