२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुपरजोन कसैको कमाई खाने भाँडो हुन सक्ला ?


२७५५ पाठक संख्या

पनौती-कृषि तथा पशुपन्छीको क्षेत्रमा जिल्ला मै अग्रिम स्थान ओगट्न सफल पनौती नगरपालिकाले एक पटक आपूmलाई

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन ९, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पनौती-कृषि तथा पशुपन्छीको क्षेत्रमा जिल्ला मै अग्रिम स्थान ओगट्न सफल पनौती नगरपालिकाले एक पटक आपूmलाई कृषि र पशुपन्छीको विकासमा अब्बल भएको पुष्टि गरेको छ । आ.व. २०७५÷७६को स्वीकृत कृषि तथा पशुपन्छी विकास तर्र्पmको योजना सार्वजनीकरण गरेर जिल्ला मै उत्कृष्टताको नमूना पेश गरेको छ ।

    व्यानर वाचन गरी शुभारम्भ गरिएको कार्यक्रमको प्रमुख आतिथ्यता नगरका उपप्रमुख गिता वञ्जारा–हिजो के भए त्यसबाट पाठ सिक्दै अब अनियमितता हुन नदिने प्रण गरौं । फर्जी किसान जन्मिने छैनन्, यदि कहीं कतै त्यस्तो भएको पुष्टि भएमा ठाउँको ठाउँमा नगरपालिका कार्वाही गर्न तयार छ । तसर्थ यो कार्यक्रमका बारेमा सङ्का उपसङ्का नगर्न आग्रह समेत उपप्रमुख बञ्जाराले गर्नु भयो ।

    आइतवार भएको उक्त सार्वजनीकरण कार्यक्रममा सम्बोधन गर्नुहुने अधिकांश वक्ताहरुले सुपरजोनका बारेमा नगरको ध्यानाकर्षण गराएका थिए । सुपरजोन जस्तै कस्सैको कमाइ खाने भाँडो नहोस् भनिरहेको थिए । कृषि नगरीमा सुपरजोनको बारेमा आलोचना मात्र गरेनन् । नगरसँग कुनै साइनो नरहेको खुलासा समेत गर्न पछि परेनन् वक्ताहरु । अधिकांश सहभागीहरुको निशाना विगतलाई स्मरण गर्दै सुपरजोन र प्याक जस्ता कार्यक्रम त हुने होइन ? भनी सङ्का समेत जाहेर गरेको थिए । नगरका वरिष्ठ प्रशासकीय अधिकृत ध्यान कुमार थापाले त मुखै खोलेरै भने–सुपरजोन कुन चराको नाउँ हो ? संस्थागत रुपमा नगरसँग कुनै सम्बन्ध छैन । सो सम्बन्धमा नगरपालिका अनविज्ञ छ । नगरपालिका कुनै हल्लाको पछि लाग्न सक्दैन । कृषिको क्षेत्रमा अब्बल मानिएको पनौती नगरलाई उपेक्षित गरेर कुनै पनि सोसँग सम्बन्धित कार्यक्रमहरु सफल नहुने खुलाषा गर्दै थप्छन् थापा–प्याक र सुपरजोनमा जस्तो अनियमितता हुने छैन भन्दै कृषकहरुलाई ढुक्क भएर सेवा लिन समेत आग्रह गर्नु भयो ।

    कार्यक्रमलाई साविक जिल्ला पशुसेवा कार्यलयका प्रमुख डा.नारायण बहादुर श्रेष्ठ, प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी, पशु चिकित्सक मणि सापकोटा, वाली संरक्षण अधिकृत रितिक्षा पौडेल, पनौती उद्योग वाणिज्य संघका महेश पौडेल, नेपाल पत्रकार महासंघ काभ्रेका मोतीराम तिमल्सिना, दिलिप कुमार देउडा, राजकुमार हुमागाईं, सन्तोष के.सी., चन्द्र न्यौपाने लगायतका वक्ताहरुले आ–आप्mना धारणा राखेका थिए । कार्यक्रममा कार्यपत्रहरु कृषि विकास तर्पmको वाली संरक्षण अधिकृत रितिक्षा पौडेल र पशु विकास तर्पmको पशु चिकित्सक मणी सापकोटाले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता वडाध्यक्ष एवं कृषि समितिका संयोजक गुणनाथ सापकोटाले गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार