२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रोटरी क्लव स्कूल स्कूलमा


४१४३ पाठक संख्या

बनेपा-मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय मान्यता प्राप्त गैरसरकारी संस्थाको रुपमा स्थापित रोटरी क्लवले विद्यालयका वालबालिकाहरुको स्वास्थ्यमा

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन ९, मंगलबार मा प्रकाशित ५ साल अघि
  • बनेपा-मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय मान्यता प्राप्त गैरसरकारी संस्थाको रुपमा स्थापित रोटरी क्लवले विद्यालयका वालबालिकाहरुको स्वास्थ्यमा चासो राखेको छ ।

    गत शुक्रबार बनेपामा रहेका दुईवटा विद्यालयका वालबालिकाहरुको स्वास्थ्य परिक्षण गरेको थियो । जस अमन्तर्गत काभ्रे मा.वि. बनेपालका ६५० र एभरेष्ट एकेडेमी बनेपा ६१५ जना विद्यार्थी सहभागी थिए । जसमा काभ्रे मा.वि.का २० जना र एभरेष्ट एकेडेमीका १५ जना वालवालिकाहरुमा समस्या देखिएको परीक्षणमा संलग्न बरिष्टठ मुटुरोग विशेषज्ञ प्रकाश राज रेग्मीले बताउनु भएको थियो । जस अन्तर्गत नियमित डाक्टरको सम्पर्कमा रहनु पर्ने काभे्र मा.वि.का ४ जना र एभरेष्ट एकेडेमीका ३ जना रहेको विशेषज्ञ रेग्मीले बताउनु भएको छ ।

    रोटरी क्लव अफ काभ्रे बनेपाको लक्षित योजना अन्तर्गत सन् २०१९ सम्ममा काभ्रे जिल्लाका १० हजार वाललालिका माझ उक्त शिविर लिएर जाने लक्ष लिएको प्रेसिडेन्ट रोटरीयन सुन्दर थापा मगरले बताउनु भएको छ । सामान्य कुरामा ख्याल नराख्दा पनि अकाल मै मृत्यू वरण वढीरहेको अहिलेको अवस्थामा यो अभियानले वाललालिकाको क्षेत्रमा केहि राहत मिल्छ भन्ने विश्वास रोटरीले लिएको छ– थापाको कथन थियो । शिविरमा बाथज्वरो, बाथमुटुरोगका बारेमा स्वास्थ्य परिक्ष गरिदै आएको रोटरियन थापा मगरले जानकारी दिंदै आएको छ ।

    हालसम्म ४ वटा विद्यालयमा गरेर २ हजार १ सय ५९ जना वालवालिकाको स्वास्थ्य परिक्षण गरिएकोमा ४७ जना बालबालिकाको इको (मुटुको भिडियो एक्सरे) गरिएको छ । जसमा १३ जना बालबालिका नियमिति डाक्टरको सम्पर्कमा रहनु पर्ने मुटु रोग विशेषज्ञ डा. सत्यनारायण सुवालले बताउनु भएको छ । जसमध्ये पनि दुई जना बालकको अवस्था गम्भिर रहेको समेत उहाँले जानकारी दिनु भएको छ । स्मरण रहोस् यस भन्दा अघि पनि भाद्र २३ गते पाँचखाल नगरभित्र रहेका सर्वमंगला मा.वि. आजाद मा.वि.मा पनि स्वास्थ्य शिविर संचालन गरिएको थियो । उक्त शिविरहरुको आयोजना रोटरी क्लव अफ बनेपा काभ्रेले गरेको थियो भने नेपाल हृदय रोग निवारण प्रतिष्ठन काभ्रे शाखाले संयोजन गरेको थियो । शिविरमा संलग्न विशेषज्ञ डाक्टरहरु सत्यनाराण सुवाल नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष हुन् भने डा. प्रकाशराज रेग्मी सचिव हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार