२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हृदय रोग प्रतिष्ठानको जिम्मेवारी दामोदरलाई


२६२० पाठक संख्या

पाँचखाल-मुटु रोगका कारण कसैलेपनि ज्यान गुमाउनु नपरोस भन्ने सोचका साथ पाँचखालमा ईकाई संञ्चालन गर्ने उद्देस्यले

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन ९, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-मुटु रोगका कारण कसैलेपनि ज्यान गुमाउनु नपरोस भन्ने सोचका साथ पाँचखालमा ईकाई संञ्चालन गर्ने उद्देस्यले नेपाल हृदयरोग निवारण प्रतिष्ठान पाँचखाल उपशाखाको गठन भएको छ ।

    पाँचखालमा सम्पन्न भेलाबाट दामोदर अधिकारीको संयोजकत्वमा १९ सदश्यीक कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा वुद्धिमान तामाङ र सरस्वती चिमौरिया, सचिवमा नविन प्रकास निरौला, कोषाध्यक्ष राजन कार्की, सह—सचिब कान्छा दनुवार (डोने) र सह—कोषाध्यक्षमा सरस्वती भेट्वाल रहनु भएको छ ।

    त्यसैगरी सदस्यहरुमा ईश्वरी राजकुमार मैनाली, गणेश दनुवार, चेतनाथ काफ्ले, जनार्जन पौडेल, जयराम घिमिरे, निरञ्जन अधिकारी, विद्यालक्ष्मी देउजा, माधवप्रसाद नेपाल, रामकुमार वोहोरा, सुदिप श्रेष्ठ, शिव अधिकारी र ज्ञानबहादुर थापा रहनु भएको छ ।

    भेला आयोजक समितिका संयोजक दामोदर अधिकारीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ट मुटुरोग बिशेषज्ञ डा.कृष्ण कुमार श्रेष्ठले मुटुरोगको बारेमा जानकार िगराउनु भएको थियो । उहाँले भन्नुभयो मुटुरोगको बारेमा समयमै जानकारी भएमा उपचार संभव रहन्छ । शारिरिक कसरत कम हुनु साथै जिब्रोको स्वादको लागि खाने बिभिन्न परिकारले मुटुमा समस्या ल्याउने बताउनु भयो । मुटु रोगको पहिलो लक्षण दुखाई भएको बताउंदै वाथ तथा दमको रोगिहरुलाई मुटुरोगको संम्भावना बढी हुने बताउनु भयो । सामानय रुपमा दिनमा १ लाख धड्कन हुनुपर्ने वताउंदै १ मिनेटमा ६० देखी १ सय सम्म धड्कन हुनुपर्ने बताउनु भयो ।

    कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभे्रका अध्यक्ष शिकु श्रेष्ठले मुटु रोगबा जोगाउनको लागि काभे्रमा बिभिन्न प्रकारको जानकारी मुलक कार्य गर्दै आएको बताउनु भयो । सोही अनुसार पाँचखाल र आशपासको क्षेत्रमा समेत अन्जानमा कसैलाई पनि मुटुरोगको कारण पिडा भोग्नु नपरोस भन्ने उद्देस्यका साथ आगाडी बढ्दै ईकाई खोल्ने काम भएको बताउनु भयो ।

    त्यसैगरी रामप्यारी वस्नेत (बज्राचार्य) ले हालको जिवन शैलिलाई परिवर्तन गर्न नसके स्वास्थ्यमा मुटु रोग लगनायतको बिभिन्न रोगले गर्दा समस्या हुने बताउनु भएको थियो । दैनिक खाने खानपिनमा परिवर्तन ल्याउन नसके औषधिको भरमा मात्र रोगलाई नियन्त्रण गर्न गाह्रो हुने बताउंदै खानपिनमा परिवर्तनले स्वस्थ रहने बताउनु भयो । नुन, चिनि, चिल्लो , मसला जस्ता सामाग्रिहरु वढि प्रयोग गरेर जिब्रोलाई खुसिपार्दा स्वास्थ्य विग्रने बताउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार