२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

प्रगतिशीलको नेतृत्वमा माधव नेपाल, तीन खम्बे अर्थनीति मध्य सहकारीको ठुलो महत्व छ – लम्साल


३३७० पाठक संख्या

पाँचखाल-प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणशभाको उद्घाटन

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन ९, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    साधारणशभाको उद्घाटन गर्दै प्रमुख अतिथि सुचना प्रबिधि तथा संचार मन्त्री गोकुल बास्कोटाले सहकारीको माध्यमबाट मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पुगेको बताउनु भयो । सवैको बिकास र सम्मृद्धिको लागि सहकारीले ठुलो भुमिका खेल्नुपर्ने समय आएको वताउनु भयो । उत्पादन तथा आर्थिक क्षेत्रमा छरिएर रहेको सानासाना पुंजिहरुलाई संकलन गरी ठुलो पुंजिमा परिणत गर्दै ठुलो उत्पादनको कार्यको लागि सहकारीले टेवा मिलेको बताउनु भयो । उहाँले थप्नुभयो कृषिको लागि उर्वरा भूमिको रुपमा रहेको पाँचखालमा संचालन भएको सहकारीहरुले गर्दा कृषकहरुको हितको लागि समेत सहयोग भएको बताउनु भयो ।

    कार्यक्रमका बिशेष अतिथि प्रदेश सांसद लक्ष्मण लम्सालले वित्तिय हिषावले सहकारीमा आवद्ध शेयर सदस्यहरुको जिवनको परिवर्तनको लागि प्रगतिशिल सहकारीले कार्य गरेको वताउनु भयो । मुलुककोे तीन खम्बे अर्थनीतिको आधारमा मुलुकलाई अगाडी बढाउने संकलप गरेको बताउनु भयो । सहकारी, सरकारी र नीजि क्षेत्र गरी तीनवटा क्षेत्रबाट मुलुकको समग्र अर्थतन्त्रलाई अगाडि बढाउन सकिनछ भन्ने मान्यताका साथ अगनाडी बढेको बताउनु भयो । सहकारीले थोरैथोरै पुंजि संकलन गरेर राम्रो कामगर्ने वातावरण सहकारीको कारण भएको बताउनु भयो । आर्थिक रुपान्तरणको लागि सहकारीको माध्यमले टेवा मिलेको वताउनु भयो ।

    सहकारीहरुले उत्पादनको क्षेत्रमा ध्यानदिनुपर्ने बताउंदै बिशेष अतिथि लम्सालले थप्नुभयो पाँचखालमा के कस्ता उत्पादनको संभावना रहेको छ सो तर्फ शेयर सदस्यहरुलाई अग्रसर गराउनु पर्ने बताउनु भयो । पाँचखालमा के उत्पादन हुन्छ त्यसलाई उत्पादन गरेर आम्दानिको स्रोत बलियो पार्नुपर्ने बताउनु भयो । जनप्रतीनिधिको हिषावले पाँचखाल र आसपासका संघसंथाहरुको विकासको लागि साथ दिने बताउनु भयो । निर्वाचनको समयमा धेरै महत्वपुर्ण कुराहरु पस्केको थियो सोही अनुसार प्रदेश मार्फबाट धेरै प्रकारको बिकास निर्माण कार्यको लागि बजेटको व्यवस्था गरेको बताउनु भयो । प्रदेश सरकार उपलब्ध गराएको बजेटमा पाँचखाललाई प्राथमिका दिदै बिनियोजन गरेको बताउनु भयो ।

    संस्थाका अध्यक्ष माधव प्रसाद नेपालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभे्रका उप संयोजक मञ्जु गौतम, सहकारी संस्थाहरुको तर्फबाट सत्यवती भट्टराई लगायतले सहकारीको आवस्यकता र महत्वका बारेमा आ—आफ्नो धारणा राख्नु भएको थियो । संस्थाका उपाध्यक्ष केशव प्रसाद काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्र संचालन संस्थाका सचिव सरोज न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका अशल वचतकर्ता २ अशल ऋणी २, र ७० बर्ष पुगेका जेष्ट सदस्य ११ जना साथै एस.इइ परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने ८ जनालाई सममान गरेको थियो ।

    बन्द सत्रबाट निर्विवादित ढंगबाट माधवप्रसाद नेपालको अध्यक्षतामा नयाँ कार्यसतिको चयन भएको छ । जसको उपाध्यक्ष केशव प्रसाद काफ्ले, सचिव सरोज न्यौपाने, कोषाध्यक्ष बिमला शर्मा अधिकारी रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा रामप्रसाद अधिकारी, तोयानाथ सापकोटा, सुनिता नेपाल, सुरेन्द्र कुमार थापा, बिष्णुप्रसाद गौतम, सूर्यमाया दनुवार र संगिता भुर्तेल रहनु भएको छ । त्यसैगरी रमेश प्रसाद सापकोटा संयोजकत्वमा रहेको लेखा तथा सुपरीवेक्षण समितिको सदस्यहरुमा बिष्णुहरी पौडेर र सिता कोईराला रहनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार