२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखाल आइ.एफ.के.केका खेलाडी राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट


२६७९ पाठक संख्या

अशोक जंग दनुवार बनेपा-ईन्टरनेसनल फेडेरेसन अफ क्योकुुसिन काईकान को आयोजनामा सम्पन्न सम्पन्न एक दिवसिय खेलमा

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन ९, मंगलबार मा प्रकाशित ५ साल अघि
  • अशोक जंग दनुवार

    बनेपा-ईन्टरनेसनल फेडेरेसन अफ क्योकुुसिन काईकान को आयोजनामा सम्पन्न सम्पन्न एक दिवसिय खेलमा हरि दनुवार प्रथम राष्ट्रिय पुरुष तथा महिला तौलसमुह फुल कन्ट्याक्ट प्रतियोगिताको च्याम्पिएन बन्न सफल भएका छन् ।

    काठमाडौ त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न ६० केजि समुहको खेलमा वलराम घिसिंङलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । ६० केजी समुहका रमेश दनुवारले तेस्रो स्थान ओगटेदै कास्य पदक जित्न सफल भएका थिए भने सोही समुहका बिकल दनुवार चौथो स्थान ओगट्न सफल भएका थिए ।

    ५५ केजि समुहका महेश भुजेलले आङनिमा शेर्पालाई हराउंदै स्वर्ण जित्न सफल भएका थिए भने तेस्रो स्थानमा काजु लामा रहेका थिए । त्यसैगरी २५ केजि समुहको खेलमा धिकि तामाङले सुदिप लामालाई पछि पार्दै पहिलो स्थान सुरक्षीत राख्न सफल भए भने तेस्रो स्थान समिर लिम्बुले सुरक्षीत गरे । त्यसैगरी ३५ केजी समुहको खेलमा अनमोल माझिले उपाधि चुमे । दोस्रोमा त्रिलोक ब्लोन र तेस्रोमा सुजन तामाङ भएका छन् ।

    त्यसैगरी महिला ४५ केजी समुहको खेलमा श्रेया राईलाई पछि पार्दै दिपा शाहिले प्रथमको उपाधि चुमीन् भने सरस्वति बोहोराले तेस्रो स्थान सुरक्षीत गर्न सफल भईन । सवै विजेताहरुलाई सम्मान गर्दै प्रमाणपत्र सांसद रत्नप्रसाद ढकालले वितरण गर्नु भएको थियो । प्रतियोगितामा छघ खेलाडी सहभागि भएका थिए । खेलाडिहरुलाई हौसला प्रदान गर्ने उद्देष्यले पाँचखाल नगरका उप—मेयर लक्ष्मी दनुवारले व्यक्तिगत रुपमा नगद ५ हजार र पाँचखाल नगरपालिका वडा नं १२ को तर्फबाट वडाध्यक्ष गोपाल दनुवारले ५ हजार नगद सहयोग गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार