२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

संस्कृति संरक्षण गर्नु प्रत्येक नागरिकको दायित्व हो–लामा


२१०५ पाठक संख्या

पनौती-प्रदेश नं. ३ का सांसद चन्द्र बहादुर लामाले अरनिको जागरण मञ्चद्धारा स्थापित “ग्रामिण सूचनाका लागि

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन ९, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पनौती-प्रदेश नं. ३ का सांसद चन्द्र बहादुर लामाले अरनिको जागरण मञ्चद्धारा स्थापित “ग्रामिण सूचनाका लागि सामुदायिक रेडियो मध्यपूर्व एफ.एम.१०४ मेगाहर्ज” को बाह्रौं वार्षिकोत्सव एवं मध्यपूर्व सम्मान २०७५ लाई सम्बोधन गर्ने क्रममा उक्त विचार राखेका हुन् ।

    कार्यक्रमको सम्बोधन गर्दै सांसद लामाले भन्नु भयो–नेपाल बहुभाषिक, बहुजाति र विभिध संस्कृतिले भरिएको धनी मुलुक हो । यहाँ हुने प्रत्येक पर्वको आप्mनै महत्व छ । कुनै पनि नागरिक अनुशासनमा बाँधिन चाहान्छ भने उसले आप्mनो संस्कार छोड्नु हुन्न । संस्कार र संस्कृति एक अर्काका पुरक हुन् । त्यसैले त हामी नेपालीको पहिचान छ भन्नु भयो । त्यसै गरी कार्यक्रममा अर्का अतिथि पनौती नगरपालिकाका उपप्रमुख गिता बञ्जारा–तीज कुनै कुनै एक वर्ग समुदायको मात्र नभई समग्र नेपाली महिलाहरुको स्वतन्त्रताको प्रतिविम्ब हो । यसले नेपाली महिलाहरुको क्षेत्रमा महत्पूर्ण भूमिका खेलको खुलाषा समेत गर्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष नारायण सापकोटा, पनौती नगर विकास समितिका अध्यक्ष रामकुमार बस्नेत लगायतका वक्ताहरुले तीजको महत्व र मध्यपूर्वले खेलेको भूमिकाका बारे चर्चा गरेका थिए ।

    कार्यक्रमका अध्यक्षता रेडियोका प्रवन्धक रामकृष्ण बञ्जाराले गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुरज श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रममा सांगितिक रौनकता गाएक रामहरि न्यौपाने, सन्तोष ताम्राकार र गायिकाहरु सुजाता वि.क., इन्दिरा भट्टराई, मन्दिरा के.सी. लगायतको प्रस्तुती थियो । उक्त कार्यक्रममा एक दर्जन भन्दा बढी व्यक्तित्वहरुलाई मध्यपूर्वा सम्मानद्धारा सम्मान गरिको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार