२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

वडाध्यक्षले १८५ विरामीलाई भेटघाट, स्वस्थ रहन पौष्टिक आहारा वितरण


३८८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन १३, शनिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-तीजमा दर खुवाउने कार्यक्रम मनाउंदा विरामी भई उपचार पश्चात घर पर्कीएको विरामीहरुको अवस्था बुझ्न पाँचखाल नगरपालिका वडा नं ९ का वडाध्यक्ष किरण क्षेष्ठले विरामीहरुसंग भेटघाट कार्यक्रम गर्नुभएको छ । विरामी भएका मध्य वडा नं ९ का १ सय ८५ जना रहेकोले थप केही उपचार वा सहयोग गर्नु पर्ने अवस्था भए सुझाव लिनको लागि भेटघाट कार्यक्रम राखेको श्रेष्ठले बताउनु भयो ।

    भेटघाट कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले भन्नुभयो आफ्नो वडाबाट तिजको दरखाने कार्यक्रममा सहभागी भई बिरामी परेकाहरुलाई केही समस्या भए सघाउनु आफ्नो दायित्व भएकोले भेटघाटमा आएको वताउंदै प्रत्तेक विरामीलाई पौष्टिक आहारा स्वरुप १ क्रेट (३० वटा) अण्डा वडाध्यक्ष श्रेष्ठको व्यक्तिगत तर्फबाट उपलब्ध गराउनु भएको थियो । श्रेष्ठले थप्नुभयो समस्या भएको समयमा साथ दिनु जनप्रतीनिधिको कर्तव्य भएकोले आफ्नो वडावासिहरुको अवस्था बुझ्न आएको वताउनु भयो ।

    गत भदौ २२ गते पाँचखाल वडा नं १२ का रहेको ग्रामिण स्वावलम्बन वहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तिज बिशेष (दरखुवाउने) कार्यक्रम मनाउंदा ५ सय ६५ जना विरामी परेका थिए । बिरामी भएको खवर पाउने बित्तिकै विरामीको छिटो छरीतो तरीकाले उपचार गराउन सकृय भूमिका निर्वाह गर्नुभएका वडाध्यक्ष श्रेष्ठले सम्पुर्ण बिरामीहरुको सहज ढंगबाट उपचार गराउन भुमिका निर्वाह गर्नु भएको थियो । भेटघाट कार्यक्रममा सहभागि भएका १ सयि ८५ विरामीसंग वडाध्यक्ष श्रेष्ठले भन्नुभयो “तपाईहरु विरामी पर्नुभयो उपचारको लागी मेयर महेश खरेल, उपमेयर लक्ष्मी दनुवार लगायत हामी सम्पुर्ण जनप्रतीनिधिहरु जुटेउ, सवैको प्रयासमा उपचार सहज ढंगबाट भयो”। उहाँले थप्नुभयो “तपाई विरामी हुनुहुने कसैले पनि उपचार खर्चको चिन्ता गर्नु पर्दैन, त्यसको व्यवस्थाको लागि हामीले कार्यपालिकामा व्यापक छलफल गरेका छौं, सरोकारवाला निकायसंग पनि छलफल भएको छ, हामी सवैको प्रयासमा उपचारमा लागेको खर्च तिछांै”। श्रेष्ठले भन्नुभयो आराम गर्नुहोस स्वस्थ्य रहनुहोस, अझै केही समस्या भएमा वताउनुहोस सहयोग गर्न तयार छु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार