२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विश्व मुटु दिवसको अवसरमा र्याली


३०९४ पाठक संख्या

पाँचखाल-विश्व मुटु दिवसको अवर पारेर जनचेतनामुलक कार्यको लागि र्यालीको आयोजना गरेको छ । पाँचखालको बोहोरेदोभान

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन १३, शनिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-विश्व मुटु दिवसको अवर पारेर जनचेतनामुलक कार्यको लागि र्यालीको आयोजना गरेको छ । पाँचखालको बोहोरेदोभान चोकबाट सुरु भएको र्यालीले बजार परिक्रमा गरी समाज कल्याण चोकमा कोण शभामा परिणत भएको थियो ।
    नेपाल हृदयरोग निवारण प्रतिष्ठान पाँचखाल उपशाखाको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको लागी आर्थिक व्यवस्थापन आर्थिक बिकास वचत तथा ऋण सहकारी संस्थाले गरेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई लाने ल्याउने व्यवस्था गोल्डेन प्mयुचर माध्यमिक विद्यालयले गरेको थियो ।

    कार्यक्रममा सर्वमंगला माध्यमिक विद्यालय, गोल्डेन प्mयुचर माध्यमिक विद्यालय, आजाद माध्यमिक विद्यालय, दुग्धेश्वर माध्यमिक विद्यालय, नवप्रतिभा माध्यमिक विद्यालय, पाँचखाल भ्याली माध्यमिक विद्यालय, जोरपाटी माध्यमिक विद्यालय लगायतका विद्यालयहरुबाट स्काउटका विद्यार्थिहरु सहभागी रहेका थिए ।

    प्रतिष्ठानका सचिव नविन प्रकाश निरौलाबाट सञ्चालित कोणसभामा अध्यक्ष दामोदर अधिकारीले मुटुलाई माया गरे स्वस्थ रहने भएकोले मुटु संरक्षणको लागि अभियान चलाउने तयारी गरेको वताउनु भयो । मानव जिवनलाई स्वास्थ वनाउन पहिला मुटुको संरक्षण गर्नु पर्ने भएकोले सो कार्यको लागि प्रमुख दायित्व विद्यार्थीहरुको हुने वताउनु भयो । विद्यार्थीहरुले मुटुको वारेमा जानकारी भएमा घरपरिवारलाई सिकाउने वताउनु भयो ।

    मुटु संरक्षण गर्ने अभियानकै क्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान पाँचखाल उपशाखाको संयोजन, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र काठमाडौको संयोजन तथा आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सहयोगमा एक दिने निःशुल्क मुटु परिक्षण शिविर संञ्चालन भएको थियो । शिविरमा २ सय ३४ जनाले परिक्षण गराएका थिए, जसमध्य २२ जनाको ईको, १ सय जनाको ईसिजि गराईएकोमा ६ जनाको शंवेदनशिल अवस्था र १ जनाको मुटुको चाल संग सम्बन्धित समस्या भएको पाईएको थियो । मुटु संग सम्बन्धित समस्या भएकाहरुका लागि आयोजक संस्था शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्रले उपचारको लागि सघाउने जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार