२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

मुटु बचाउन ललितपुर देखि काभे्रसम्म साइकल यात्रा


३३२२ पाठक संख्या

बनेपाविश्व मुटु दिवसको अवसरमा काभे्रली,े जी व झिगु नाला समूहले शनिबार ललितपुरको मंगलबजार देखी नाला

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन १३, शनिबार मा प्रकाशित ५ साल अघि
  • बनेपाविश्व मुटु दिवसको अवसरमा काभे्रली,े जी व झिगु नाला समूहले शनिबार ललितपुरको मंगलबजार देखी नाला सम्म साईकल यात्रा गरेका छन् । ‘राइड टु नाला २०१८ः पेडल फर नाला को आयोजनामा पेडल फर हर्ट’ साइकल यात्रा सम्पन्न भएको हो ।

    ऐतिहासिक शहर ललितपुरको मंगलबजारदेखि नालासम्मको २४ किलोमीटर दूरीको साइकल यात्रामा १ सय ५० साइकल यात्री सहभागी भएका थिए । सहभागि हुनेहरुमा ८ वर्षका सुयोग बस्नेतदेखि ६५ वर्षका इन्द्र कर्माचार्य समेतको सहभागी रहेको थियो ।

    संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले शुभारम्भ गरेको साइकलयात्रा लुभु, गुण्डु, सूर्यविनायक, च्यामासिंह, ताथली, नालाछाप, नाला गुम्बा हुँदै बजार परिक्रमा गरेको थियो । चण्डेश्वरी माविमा नालावासीले साइकल यात्रीलाई सगुनसहित स्वागत गरेका थिए । सहभागीहरुको स्वागतका लागि बनेपा वडा नं ३ र ४ का वडाध्यक्षहरु समेत उपस्थित थिए ।

    उग्रचण्डी भगवती मन्दिरमा आयोजित कार्यक्रममा संरक्षण ब्याण्डको प्रस्तुति रहेको थियो । सोही अवसरमा जी व झिगु नाला समूहका संयोजक ईश्वर अनामणि श्रेष्ठले साइकल यात्राबाट संकलित रकमबाट खरीद गरेको औषधि तथा फर्निचर नाला हेल्थ सेन्टर व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।

    मुटु रोगबारे युवाहरुमा जनचेतना जगाउने र प्राचीन शहर नालालाई बढीभन्दा बढी जनसमुदायसम्म पु¥याउन पहिलो पटक साइकल यात्रा आयोजना गरिएको श्रेष्ठको भनाई रहेको छ । समूहले चाँडै नै गंगालाल अस्पतालको सहयोगमा नालामा मुटु रोग सम्बन्धी जनचेतना कार्यक्रम र रोग परीक्षण शिविर सञ्चालन गर्ने लक्ष राखेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार