२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

साल्ट टे्डिङ्ग कर्पोरिशनले सहुलियत पसल संचालन, सस्तोमा गुणस्तरयि सामान पाउंदा उपभोक्ताहरु दंग


२९९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन १४, आईतबार मा प्रकाशित ५ साल अघि
  • बनेपा-हिन्दुहरुको महान चाड पर्वलाईहरु (विजया दशमी, शुभ दिपावली र छड) लाई लक्षीत गर्दै साल्ट टेडिङ्ग कर्पोरिशन लिमिटेडले देशै भरका बिभिन्न प्रमुख व्यापारीक केन्द्रहरुमा अशोज १२ गतेदेखी सहुलियत दरको पसल संञ्चालनमा ल्याएको छ ।

    विगत लामो समयदेखि संञ्चालनमा रहेको शुपथ मुल्य पसलमा सहुलियत दरको पसल संञ्चालन गर्नाको साथै पर्वलाई लक्षीत गरी थप पसलको समेत व्यवस्था गरेको जानकारी प्राप्त भएको छ ।

    साल्ट टेडिङ्ग कर्पोरिशन काभे्र वनेपा शाखाका प्रमुख जिवन खनालका अनुसार काभे्र र आसपासको क्षेत्रलाई लक्षीत गरी बनेपामा कर्पोरिशन साविक शुपथ खमुल्य पसल रहेको ठाउं (राष्ट्रिय वाणिज्य बैंक रहेको घर) र धुलिखेलमा बि.पि. राजमार्ग चोक मञ्जु हार्डवयर संगै सहुलियत दरको पसल संञ्चालनमा ल्याएको बताउनु भयो । जुन पसलबाट काभे्र र आसपासका ४ जिल्लालाई समेटिने र भक्तपुरको सुर्यविनायकमा संञ्चालनमा रहेको पसलले समेत काभे्रलाई समेट्ने तयारी रहेको वताउनु भयो ।

    सहुलियत दरको पसलमा दैनिक उपभोग्य सामाग्रिहरु समावेस गरेको र उक्त पसलमा वजारभाउको तुलनामा छुट दिदा उपभोक्ताहरुले पर्व मनाउन सहज रहने लक्ष लिएको प्रमुख खनालको भनाई रहेको छ । खनालका खनुसार पसलमा शुगर रोगिहरुलाई लक्षीत गरी शुगर फ्रि चिनी लगाएतको सामान रहेको वताउनु भयो । उदाहरणको लागि सुगर फ्रि चिनि प्रतिकिलो ७० र आयो नुन प्रतिकिलो १८ रहेको छ । त्यसैगरी सम्पुर्ण सामानमा छुटको व्यवस्था गरेको बताउनु भयो । सहुलियत दरको पसलमा रहेको सम्पुर्ण दैनिक उपभोग्य सामानहरु गुणस्तरीय साथै केलाएर सफा गरी आवश्यकताको आधारमा प्याकिङ्ग गरी बिक्रिको लागि राखिएको छ ।

    पसल संञ्चालनको बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय काभे्रले हिनदुहरुको महान चाडपर्वमा ठगिनु नपरोस भन्ने उद्देस्यले सरकारले काभे्र जिल्लाको बनेपामा अशोज १२ वाट र धुलिखेलमा अशोज २१ बाट साल्ट टेडिङ्ग कर्पोरिशन बाट सुपथ मुल्यमा दैनिक उपभोग्य सामान बिक्रि बितरण गरी रहेकोले सर्वसाधारणले सोहि पसलबाट खरिद गरी सहुलिएतको फाईदा लिनको लागि सुचना जारी गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार