२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

१८५ बिरामीलाई पौष्टिक आहारा वितरण, बिरामीको अवस्था बुझ्न आएको हुँ – वडाध्यक्ष किरण


३३४९ पाठक संख्या

पाँचखाल-विरामी भई उपचार पश्चात घर फर्कीएका विरामीको अवस्था बुझ्न गएका वडाध्यक्षले आफ्नै व्यक्तिगत लगानिमा पौष्टिक

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन १६, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-विरामी भई उपचार पश्चात घर फर्कीएका विरामीको अवस्था बुझ्न गएका वडाध्यक्षले आफ्नै व्यक्तिगत लगानिमा पौष्टिक आहारा बितरण गर्नु भएको छ ।

    तीजमा दर खुवाउने कार्यक्रम मनाउंदा विरामी भई उपचार पश्चात घर पर्कीएका १ सय ८५ लाई पाँचखाल नगरपालिका वडा नं ९ का वडाध्यक्ष किरण क्षेष्ठले विरामीहरुसंग भेटघाट गर्दै स्वस्थ्यको अवस्थाको बारेमा जानकारी लिनु भएको थियो । विरामी भएका मध्य वडा नं ९ का १ सय ८५ जना रहेकोले थप केही उपचार वा सहयोग गर्नु पर्ने अवस्था भए सुझाव लिनको लागि भेटघाट कार्यक्रम राखेको जानकारी प्राप्त भएको छ ।

    भेटघाट कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले भन्नुभयो आफ्नो वडाबाट तिजको दरखाने कार्यक्रममा सहभागी भई बिरामी परेकाहरुलाई केही समस्या भए सघाउनु आफ्नो दायित्व भएकोले भेटघाटमा आएको वताउंदै प्रत्तेक विरामीलाई पौष्टिक आहारा स्वरुप १ क्रेट (३० वटा) अण्डा वडाध्यक्ष श्रेष्ठको व्यक्तिगत तर्फबाट उपलब्ध गराउनु भएको थियो । श्रेष्ठले थप्नुभयो समस्या भएको समयमा साथ दिनु जनप्रतीनिधिको कर्तव्य हो ।

    गत भदौ २२ गते पाँचखाल वडा नं १२ का रहेको ग्रामिण स्वावलम्बन वहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तिज बिशेष (दरखुवाउने) कार्यक्रम मनाउंदा ५ सय ६५ जना विरामी परेका थिए । बिरामी भएको खवर पाउने बित्तिकै विरामीको छिटो छरीतो तरीकाले उपचार गराउन सकृय भूमिका निर्वाह गर्नुभएका वडाध्यक्ष श्रेष्ठले सम्पुर्ण बिरामीहरुको सहज ढंगबाट उपचार गराउन भुमिका निर्वाह गर्नु भएको थियो ।

    भेटघाट कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले भन्नुभयो “तपाईहरु विरामी पर्नुभयो उपचारको लागी मेयर महेश खरेल, उपमेयर लक्ष्मी दनुवार लगायत हामी सम्पुर्ण जनप्रतीनिधिहरु जुटेउ, सवैको प्रयासमा उपचार सहज भएको बताउनु भयो । तपाई विरामी हुनुहुने कसैले पनि उपचार खर्चको चिन्ता गर्नु पर्दैन, त्यसको व्यवस्थाको लागि हामीले सरोकारवाला निकायसंग पनि छलफल गरीसकेका छौं श्रेष्ठले भन्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार