२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दुई बालिका बलात्कार अभियोगमा शिक्षक


२९९७ पाठक संख्या

धुलिखेल-जसको विस्वास गरेर अभिभावकले आप्mनो बालबालिका विद्यालय पठाए, उसैले विस्वास घात गर्दा अभिवावकहरु समस्यामा परेका

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन २२, सोमबार मा प्रकाशित ५ साल अघि
  • धुलिखेल-जसको विस्वास गरेर अभिभावकले आप्mनो बालबालिका विद्यालय पठाए, उसैले विस्वास घात गर्दा अभिवावकहरु समस्यामा परेका छन् । विद्यालय पठाएपछी आप्mनो छोरी सुरक्षीत रहने आशा राख्दै विद्यालय आउने जाने समयमा मात्र अभिभावकहरुले चासो राख्दै आएकोमा पछिल्लो घटनाले गर्दा विद्यालयमा पढ्दै गर्दा समेत छोरीको सुरक्षाको बिषयमा चासो राख्नु पर्ने अवस्था आएको छ ।

    रक्षक नै भक्षक भएपछी आम छोरी विद्यार्थीहरुका अभिभावकले स्वच्नु पर्ने अवस्था आएको छ । बेथानचोक गाउंपालिका वडा नं ४ मा रहेको कालिका माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययन गर्ने ९ बर्षिय दुई वालिकालाई सोही विद्यालयमा अध्यापन गराउने शिक्षकले जवरजस्ति वलत्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभे्रले पक्राउ गरी आवश्यक कानुनी कारवाही प्रकृया अगाडी बढाएको छ ।

    पनौती नगरपालिका वडा नं १० खोपासी घर भएका ३१ बर्षिय शिक्षक शंकर पहरीले कक्षा ५ मा अध्ययन गर्ने दुई वालिकालाई टिफिनको समय दिउंसो १ वजे एक्लै पारी आप्mनो काखमा राखी जवरजस्ति ढंगबाट वलत्कार गरेको पिडित पक्षको किटानी जाहेरी रहेको जिल्ला प्रहरी कार्यालय काभे्रले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका थिए । पिडित पक्षले दिएको उजुरीमा भनिएको छ, केही समय अगाडी देखी कक्षा कोठामा पडाउने क्रममा अरु विद्यार्थीहरुलाई गृहकार्य गर्न लगाई पिडित दुई वालिकालाई कक्षा कोठाको अन्तिम बेन्चमा बस्न लगाई शिक्षक पहरी सोही वेञ्चमा बसि काखमा राखी सम्वेदनशिल अंग चलाउने गरेको उल्लेख गरेको छ ।

    वलात्कार भएको दिन अशोज १० गते पनि अंगे्रजी शिक्षक पहरीले दिउंसोको खाजा खाने समयमा कक्षा कोठामा कोही नभएको मौका पारी ति दुई वालिकालाई काखमा राख्दै शंवेदन शिल अंग चलाउंदै जवरजस्ति करणी गरेको उल्लेख गरेको छ । बलत्कार अभियोगमा पक्राउ परेका शिक्षक राहत कोटामा १० बर्षदेखी पढाउंदै आएका हुन् । घटनाको बिषयलाई लिएर स्थानियहरुले विद्यालयमा शिक्षक राख्दा उसको आचरण के कस्तो भन्ने बिषयमा पुर्ण रुपमा जानकारी लिन आवस्यक रहेको वताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार