२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

५ सय ६५ बिरामीका पुन स्वस्थ्य परिक्षण


२७३१ पाठक संख्या

पाँचखाल-दर खाने कार्यक्रममा मनाउंदा बिरामी परेका ५ सय ६५ बिरामीहरुको उपचार सम्पन्न गरी घर फर्कीएको

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन २३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-दर खाने कार्यक्रममा मनाउंदा बिरामी परेका ५ सय ६५ बिरामीहरुको उपचार सम्पन्न गरी घर फर्कीएको अवस्थामा बिरामीको अवस्था बुभ्mनको लागि पाँचखाल नगरपालिकाको आयोजनामा पुन स्वास्थ्य परिक्षण भएको छ ।

    गत भदौ २२ गते पाँचखाल वडा नं १२ का रहेको ग्रामिण स्वावलम्बन वहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तीज बिशेष कार्यक्रम मनाउंदा फुड प्वाईजन भई दर खानेहरु सवै बिरामी परेका थिए । दर कार्यक्रम सकेको भोलिपल्ट बिहानै पुरै गाउंमा हाहाकार मच्चिएपछि पाँचखाल नगरको पहलमा स्थानिय स्तरमै (गाउंमै) शिविर संचालन गर्दै प्राथमिक उपचार पश्चात अस्पताल पठाउने कार्य गरेको थियो ।

    सम्पुर्ण बिरामीहरुको उपचार पश्चात घरफर्कीएपछि बिरामीको अवस्थाको बारेमा जानकारी लिने उद्देश्यले पाँचखाल नगरपालिकाको आयोजनामा पुन स्वस्थ्य परिक्षण गरेको हो । पुन स्वस्थय परिक्षणलाई सहज रहोस भन्ने उद्देस्यले सम्पुर्णलाई पायक पर्ने स्थनको रुपमा जनभावना प्राथमिक विद्यालयमा शिविर संचालन गरेको थियो । पाँचखाल नगरका स्वस्थ्य संयोजक उज्जल अधिकारी र सहसंयोजक बिष्णु गौमतले शिबिरको व्यवस्थाको लागि भुमिका निर्वाह गर्नुभएको थियो । शिविरमा धुलिखेल अस्पतालबाट अनुसन्धान सहितको डाक्टरहरुको टोली आउनु भएको थियो । विरामीहरुसंग परामर्स गर्न आवश्यक महसुस गर्दै सिबिक नेपालबाट मनोपरामर्ष टोली आउनु भएको थियो । शिविरमा पाँचखाल स्वस्थ्य केन्द्रका डाक्टरहरु, कोशिदेखा स्वस्थ्य चौकी, बालुवा स्वस्थ्य चौकी, साठीघर स्वास्थ्य चौकी र अनैकोट स्वस्थ्य चौकीबाट समेट प्राबिधिक टोलीहरु आउनु भएको थियो । पुन परिक्षणको क्रममा आवस्यक औषधिहरु पाँचखाल नगरको तर्फबाट उपलब्ध गराएको थियो ।

    दर कार्यक्रममा सहभागि मध्य ५ सय ६५ जना विरामी परेका थिए । उनिहरुको समयमै उपचारको लागि नगरका सम्पुर्ण जनप्रतीनिधिहरु साथै कर्मचारीहरुले ठुलो भुमिका रहेको थियो । उपचारको क्रममा आर्थिक कारण देखाउंदै उपचार गर्न आनाकानी गर्ने बनेपाको अस्पताललाई नगर प्रमुख महेश खरेलले फोन मार्फत उपचार प्रकृया तिब्र गतिमा अगाडी बढाउ अनुरोध गर्दै आर्थिकको जिम्मा लिनुभएपछि उपचार अगाडी बढेको थियो । उपचारको लागि हाल सम्म जे जति खर्च भएपनि संस्था वा सरकारको तर्फबाट उपलब्ध भएको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार