२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

छोरीको सुरक्षाको लागि सहकारी अग्रसर हुनुपर्छ, अव ज्वाईले छोरीलाई होईन छोरीले ज्वाई पाल्नु पर्छ – लक्ष्मी


२५५६ पाठक संख्या

  पाँचखाल-पाँचखाल र आसपासको क्षेत्रमा रहेका महिलाहरुलाई सहकारीमा आबद्ध गराउंदै बुडेसकालको साहाराको लागि बचत गर्ने

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन २३, मंगलबार मा प्रकाशित ५ साल अघि
  •  

    पाँचखाल-पाँचखाल र आसपासको क्षेत्रमा रहेका महिलाहरुलाई सहकारीमा आबद्ध गराउंदै बुडेसकालको साहाराको लागि बचत गर्ने वानि बसाल्न सफल ग्रामिण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पाँचखाल नगरका उप—मेयर लक्ष्मी दनुवारले पाँचखाल र आसपासको क्षेत्रमा छुट्टै पहिचान राख्न सफल ग्रामिण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले महिलाहरुको हक हितको लागि कार्य गर्दै आएकोमा खुसि व्यक्त गर्दै अवका समयमा छोरीहरुको सुरक्षीत गर्ने कार्यको लागि सहकारीले भुमिका खेल्नु पर्ने बताउनु भयो । पछिल्लो समयमा आएर छोरीहरुको सुरक्षा नभएकोले सुरक्षाको लागि सहकारीले अग्रसरता लिनु पर्ने बताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि दनुवारले छोरीलाई आफ्नो पौरखबाट बाच्ने र आफ्ना सन्ततीका साथै श्रीमानलाई समेत पाल्ने वातावरणको लागि महीलाको ट्याग लागेर संचालन भएको सहकारीले कार्य थाल्नु पर्ने बताउनु भयो । समाजमा ज्वाईले छोरी पाल्नु पर्छ भन्ने मानसिकता छ, ज्वाई र छोरी एक रथका दुई पाग्रा भएकोले छोरीले ज्वाई पाल्ने खालको कार्यको लागि सहकारीले भुमिका खेल्नु पर्छ । सहकारीले आर्थीक उपार्जको लागि मात्रै कार्य गरेर अवका दिनमा नपुग्ने, नयाँ पन र सहकारीले समाजमा आमुल परिवर्तको खातिर कार्य गर्नुपर्ने बाताउनु भयो । बुडेकालमा पैसा साथमा छ भने सवैले हेर्ने दृष्टिकोण राम्रो हुने भएकोले वुडेसकालको साहाराको लागि महिलालाई वचत गर्ने बानि वसालेकोमा खुसि व्यक्त गर्दै २३ बर्ष अगाडिको बचतको दरले भविस्यमा साहाराको लागि साथ दिन कठिन हुने भएकोले बचतको दर वडाउन सुझाव दिनु भयो ।

    संस्थाको अध्यक्ष सरस्वति चिमौरीयाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समस्य ग्रस्त सहकारी व्यवस्थापन संञ्चालक सदस्य दिपक प्रसाद पौडेल, प्रतिष्ठा कृषि सहकारी संस्थाका अध्यक्ष पुर्ण प्रसाद दुलाल, संचारकर्मी ईश्वरी राजकुमार मैनाली लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । संस्थाका व्यवस्थापक मनोज कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष ईन्दिरा गौतमले गर्नुभएको थियो भने कार्यक्रम संचालन गायत्रि पौडेलले गर्नु भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार