२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

श्रीरामपाटी दुग्द सहकारीको साधारण सभा


३१७९ पाठक संख्या

शुसिलराज गिरि पाँचखाल-सिखरपुर , श्रीरामपाटी दुग्ध उत्पाक सहकारी संस्थाको २४ औं साधारण सभा सम्पन्न भएको

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन २३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • शुसिलराज गिरि
    पाँचखाल-सिखरपुर , श्रीरामपाटी दुग्ध उत्पाक सहकारी संस्थाको २४ औं साधारण सभा सम्पन्न भएको छ । “स्वस्थ पशु सफा दुघ, गोठ देखी ओठ सम्म” भन्ने नाराको साथ कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा पशु विकास शाखा पाँचखालका प्रमुख दत्तप्रसाद गौतमले पशुलाई सफा र स्वस्थ राख्न र पशुको आहारामा ध्यान दिन सके किसानलाई दुध उत्पादनबाट फाईदा हुने बताउनु भयो । किसानहरुको हितको लागि पशुबिकास शाखा पाँचखालले सहयोग गर्ने साथै दुग्द उत्पादक सहकारीको हितको लागि समेत आफुले सहयोग गर्ने बताउनु भयो ।

    कार्यक्रममा पाँचखाल डिभिजन सहकारी प्रमुख ईश्वर प्रसाद अधिकारीले नगरले सहकारी बिकास र किसानहरुको हितको लागि आवश्यक सहयोग गर्ने बताउनु भयो । नगरमा रहेको सम्पुर्ण सहकारीहरुको हितको लागि योजना तयार भई सकेकोले त्यसको नतीजा छिट्टै आउने बताउनु भयो ।
    कार्यक्रममा सानाकिसान सहकारीका अध्यक्ष कृष्ण वहादुर श्रेष्ठले पाँचखाल नगर कृषि शहर भन्ने नारालाई कृषकहरु तथा दुग्ध उत्पादन सहकारीहरुले पुर्ण गर्ने वताउनु भयो । नगरको उद्देस्ये अनुसार अगाडी बढेको सहकारीहरुलाई आफ्नो तर्फबाट सहयोग गर्ने वताउनु भयो ।

    कार्यक्रममा वडाध्यक्ष पुष्कर ढकाल, लेखा समिति संयोजक गणेस ढकाल, सल्लाहकार समिति संयोजक भेषराज ढकाल, कार्यपालिका सदस्य हरिशरण मिजार लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो । दुग्द उत्पादक सहकारी संस्थाका अध्यक्ष पद्म प्रसाद घोरसाईनेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा यादव प्रसाद दंगालले कार्यक्रम संञ्चालन गर्नु भएको थियो भने संस्थाको उपाध्यक्ष लक्ष्मी ढुंगानाले स्वागत मन्नतव्य राख्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार