२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

आय आर्जनले व्याज अनुदान वितरण


२४०६ पाठक संख्या

बनेपा-आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि. पाँचखाल न.पा.—४, ले युवा तथा सानाव्यवसायी स्वरोजगार

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन २३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • बनेपा-आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि. पाँचखाल न.पा.—४, ले युवा तथा सानाव्यवसायी स्वरोजगार कोषको सचिवालय सँग सम्झौता गरि २०७१÷०७२ मा रु.४५ लाख कर्जा लिई ५३ जना वेरोजगार ५० वर्ष भन्दा कम उमेरका युवा सदस्यहरुलाई आयमूलक काममा लगाई व्यवसायी वनाई स्वरोजगार गराउने उदेश्यले कृषि, पशुपंक्षि तथा व्यापार व्यवसायमा लगानी गरेको छ ।

    साकोसले किस्तावन्दीमा साँवा तथा व्याज समयमानै भुक्तानी गरि युवा स्वरोजगारको नियम अनुसार युवा स्वरोजगारकोष ले लिने व्याज १२% का दरले तिरेको व्याजमा ६०% व्याज अनुदान फिर्ता गर्ने निती अनुरुप रु.५०००÷— भन्दा माथीको रकममा आम्दानी कर १५% कट्टा गरि बाँकी रकम कूल जम्मा रु ४,३२२५६÷— व्याज अनुदान ५३ जनालाईस्वरोजगार कोषवाट खटिई आउनुभएका अनिता राई र पार्वति को रोहवरमा व्याज अनुदान फिर्ता वितरण गरेके छ । सोहि प्रस्तावना अनुरुप पुन कर्जा लगानी २०७३÷०७४ मा रु.६७ लाख कर्जा १०% व्याज दरमा ४९ जना लाई लगानि गरिएको जानकारी समेत संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटाले दिनुभयो ।

    सोहि अवसरमा आफूले आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि. मार्फत युवा तथा साना व्यवसायि स्वरोजगार कोषबाट कर्जा लिई वंगुर व्यवसाय सुरुगरेको र हाल यसवाट बृद्धि भई १५ वटा माउ बंगुरबाट २५० भन्दा बढी बार्षिक वंगुरका पाठापाठी बिक्रिवितरण गरिरहेको र आफू लगायत ६ जनाले दैनिक रोजगारी पाएको मा आफू धेरै खुशि भएको संस्थाका सदस्य माइलि दनुवारले वताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार