२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

मेलमिलाप सेवा केन्द्र स्थापनामा तिब्रता, सवै जनप्रतीनिधि पार्टीका मान्छे होइनन् – दुलाल


३०७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन २८, आईतबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-“दिगो शान्तिको लागि उन्नत सम्बन्घ” भन्ने मुलनाराका साथ अगाडी बढेको सामुदायिक मेलमिलाप सेवा केन्द्रको स्थापना गर्ने कार्य तिब्रगतिमा अगाडी बढेको छ । काभे्रपलाञ्चोक जिल्लाको बिभिन्न स्थानमा सेवा केन्द्र स्थापना गरी मेलमिलाप कार्यमा सफलता हासिल गर्न सफल भएको प्रकृतिक द्वन्द रुपान्तरण केन्द्र नेपालले आफ्नो कार्यलाई निरन्तरता दिदै अगाडी बढेको छ ।

    एक अर्कामा बिभिन्न प्रकारका बिवादहरु भई फाटेको मनहरुलाई सिलाउंदै बिवादीत पक्षबीच जित जितको अवस्था सृजना गराएर समस्याको सामाधानको लागि २०६० सालबाट निरन्तर रुपमा अगाडी बड्दै आएको उक्त केन्द्रले पाँचखाल नगरपालिका वडा नं ६ मा पनि एक कार्यक्रमको आयोजना गरी सेवा केन्द्रलाई बिस्तार गरेको छ ।

    सेवा केन्द्र उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरपालिकाका उप—मेयर एवं न्यायिक समिति संयोजक लक्ष्मी दनुवारले विगता ग्रामिण स्तरमा भएको सामान्य विवादलाई मिलाउने मध्यस्तकर्ताको अभावमा विकराल रुप लिंदै अदालतमा जाने गरेको बताउनु भयो । मेलमिलाप केन्द्रको स्थापनाले गर्दा सामान्य विवादको बिषयमा अदालत जाने अवस्थालाई घटाउने ठोकुवा गर्नु भयो । सानो कुरामा ठुलो धनरासि खर्चिएर गर्ने मुद्धा मामिलाले कसैको पनि हित नहुने भन्दै त्यस्ता सामान्य बिषयलाई न्यायिक समिति र मेलमिलाप केन्द्र विच समन्वय गर्दै खगाडी बढ्नु पर्ने बताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि उपमेयर दनुवारले थप्नुभयो पाँचखालमा सुरुभएको मेलमिलाप केन्द्रहरुलाई पाँचखाल नगरपालिकामा रहेको न्यायपालिकाको तर्फबाट सहयोग गर्ने ठोकुवा गर्दै न्याय दिदा निस्पक्ष ढंगबाट दिनुपर्ने बताउनु भयो । न्यायिक समितिले नातागोता साथै बिचारको आधारमा निर्णय गर्न नहुने बताउंदै निस्पक्ष ढंगबाट न्याय दिंदा जितजितको अवस्था सृजना भई फाटेको मनहरुलाई सिलाउन सकिने बताउनु भयो ।

    उद्घाटन कार्यक्रमका सभापति एवं पाँचखाल वडा नं ६ का वडाध्यक्ष रामशरण दुलालले जनताबाट चुनिएर आएका जनप्रतीनिधिहरु पार्टीका मान्छे होइनन्, भिन्न भिन्न प्रकारका विचार बोक्ने सवैको साझा हुन् । निर्वाचनको क्रममा पार्टी र बिचाको आधारमा अगाडी बढ्नुपर्छ, आफु निकट पार्टीको आन्तरिक कार्यहुंदा जनप्रतीनिधिले पार्टीको निर्देशनमा चल्नुपर्छ तर जनप्रतीनिधिको रुपमा कार्यगर्दा पार्टीको मान्छे हुन सक्दैनन्, साझा हुन्छ । त्यसैले मेलमिलाप केन्द्र वा न्यायिक समितिमा रहेका न्याय मुर्तिले विचारको आधारमा नभई निस्पक्षताको आधारमा न्याय दिनु पर्ने बताउनु भयो ।

    झलकुमारी दुलाले स्वागत मन्तव्य राखी सुरु भएको उक्त कार्यक्रममा प्रकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपाल काभे्रका प्रशिक्षक परमात्मा राम पराजुलिबाट संञ्चालन भएको उक्त कार्यक्रममा केन्द्रका काभे्र संयोजक उमा थापाले काभे्रमा हाल सम्म भएको मेलमिलाप साथै संञ्चालन भएको केन्द्रको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा जोरपाटी माविका प्रधानाध्यापक वद्रीप्रसाद ढुंगाना, पाँचखाल नगर कार्यपालिका सदस्य सत्रुधन दनुवार, ग्रामिण महिला विकास सहकारी संस्थाका उपाध्यक्ष ईन्दिरा गौतम, वडा सदस्य शिवहरी पराजुली लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो । शिवहरी पराजुलीको संयोजतत्वमा ७ सदस्यिय समिति गठन भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार