२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मृगाैला पीडितलाइ २२ हजार सहयाेग


३४६९ पाठक संख्या

मृगौला पीडित अनिशा लोप्चनलाइ २२ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण । काभ्रे जिल्ला खानी खोला

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन ३०, मंगलबार मा प्रकाशित ५ साल अघि
  • मृगौला पीडित अनिशा लोप्चनलाइ २२ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण । काभ्रे जिल्ला खानी खोला गाउपालिका वडा न ४ निवासी मृगौला पीडित अनिशा लोप्चन तामाङलाई साबिक बोल्दे फेदिचे गा.वि.स. वडा नम्बर -४ पलुङ्ग भञ्ज्याङ् काभ्रे स्थायी घर भै हाल US, California रहदै आउनु भएकी बिनिता लोप्चनले मृगौला पीडित अनिशा लोप्चनको लागि रु.२००००।- ( बीस हजार रुपैया ) सहयोग रकम पठाउनु थियो भने साहित्यकार रचना मोक्तानले दुई हजार थपेर रु २२००० सहयोग रकम अभियानका संयोजक राम तामाङ र अनिशाको मामा सागर जिम्बाको साथमा बिरामी अनिशा लोप्चनलाइ रचना मोक्तानको हातबाट सहयोग रकम हस्तान्तरण गर्दै स्वस्थलाभको कामना समेत गर्नु भयो ।

    फेसबुक लाइभमा साहित्यकार मोक्तानले पछिल्लो चरणमा आफूले यस्तै सहयोगी भूमिका खेल्दै आएको र आफूले सकेको सहयोग गर्दै आएको बताएकी छिन । आगामी दिनहरुमा पनि सहयोगी भूमिका निभाउने प्रतिबद्ध समेत गरेकी छिन । साहित्यकार मोक्तान पेसाले शिक्षण गर्नु हुन्छ भने उनको रुचि साहित्य मार्फत परिवर्तन चाहने र अशक्त बिरामीहरू सहयोग गर्ने रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार