२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जनताको भावनालाई बुझ्दै पार्टी अगाडी बढेको हो – पौडेल


२४३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ कार्तिक २१, बुधबार मा प्रकाशित ५ साल अघि
  • बनेपा-शुभ दिपावली तथा छठको अवसरमा नेकपा काभे्रको आयोजनामा शुभकामना तथा चियापान कार्यक्रम मंगलबार बनेपामा सम्पन्न भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का महासचिव विष्णु पौडेलले सरकारले थोरै अवधिमा धेरै उपलब्धिमुलक काम गरेको बताउनु भयो । ‘सरकारको काम सन्तोषजनक छ, सरकारकोराम्रो कार्य सैलिलाई नरुचाउनेहरुले हल्ला गरे जस्तो सरकार अयोग्य र गतिविहीन नभएको ठोकुवा गर्नु भयो । जनताका लागि निर्वाचित भएका प्रतिनिधिहरुले जनभावना अनुसार कार्य गर्दै अगाडी बढ्ने बताउनु भयो ।

    कार्यक्रममा सूचना प्रविधि तथा सञ्चार मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य गोकुल बाँस्कोटाले एमाले र माओवादी पार्टीको एकताले ‘प्रतिकृयावादी स्वर्ग’ भत्केको बताएको बताउनु भयो । केन्द्रदेखि तल्लो कमिटिहरुमा एकता प्रक्रिया नटुंगेकोमा कार्यकर्ता पंक्ति निरासा हुन नहुने बताउंदै पार्टी एकतालाई महान र ऐतिहासिक भएकोले नआत्तिइ कन धैर्य गर्न सुझाव दिनु भयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले पार्टी एकताले संसरभरिका न्यायप्रेमि जनता खुशी भएको बताए । ‘हाम्रो दुई पार्टी एकताबाट कोही पनि दुखी छैनन् ।’ मन्त्री बाँस्कोटाले भने, ‘आजसम्म सर्वहारा वर्गलाई फुटाउने प्रतिकृयावादीहरु जसको स्वर्ग भत्काएको छ । कोही रिसाएको छ भने त्यो वर्ग मात्र रिसाएको छ । तर सर्वहारा वर्ग, विश्वभरिका न्यायपे्रमी जनताहरु खुशी भएको ठोकुवा गर्नुभयो ।

    दुई भिन्न पृष्ठमूमी बोकेको अगाडी बढेकोपार्टी एकता हुनुको प्रमुख कारण जनचाहना अनुसारको कार्य गर्न भएको बताउनु भयो । यस्तो मिलन देखेर अनर्गल हल्ला मच्चाउन खोज्नेहरु खुम्चिसकेको वताउंदै मुलुकमा आमुल परिवर्तन हुने ठोकुवा गर्नुभयो । दुई कम्युनिष्ट पार्टी बस्तुगत सत्यको आधारमा एकता भएको यस अघि दुई पार्टी एक अर्काको विरुद्धमा कुनै कसर बाँकी नराखी लागेको बताउनु भयो । स्थानीय तहको निर्वाचनसम्म पनि एक अर्कामा कटाक्ष गर्दै अगाडी बढेको पार्टी एकताले मुलुकको हित सुनिश्चित रहेको बताउनु भयो । वस्तुगत सत्यको आधारमा सबै कुराहरुको निर्धारण हुने कुरामा कम्युनिष्टहरुले विश्वास गरेको कारण कम्युनिष्टहरु एक ठाउँमा आउने वातवरण बनेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार