२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

भोगचलनको आधारमा ६५ रोपनी जग्गा निःशुल्क दिन्छु – माधुरी, स्थानियको चाहना अनुसार कार्य गर्छु – लुईटेल


३०९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ कार्तिक २१, बुधबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-“नापिको समयमा मेरो बुवाको नाउमा नापी भएको जग्गा ज—जस्ले भोगचलन गरेका छन् उनिहरुलाईनै निःशुल्क रुपमा दिन्छु”। म एक मात्र हकवालाको हैसियतले भोगचलन गर्नेहरुलाईनै दिने निर्णय गरेको हुं ।

    उक्त भनाई साविक देवभूमी वालुवा गा.वि.स हाल पाँचखाल नपा १२ मा रहेको खाँड जग्गा धनि चन्द्रध्वज खाँडको छोरी माधुरी राणाले एक कार्यक्रममा बताउनु भएको हो । नापिको समय ०३२ साल भन्दा अगाडीबाट ५० भन्दा धेरै घरपरिवारले भोगचलन गर्दै आएको करिव ६५ रोपनी जग्गा दर्ता विवाद हुदै आएको अवस्थामा राणाले उक्त भनाई राख्दै भोगचलन गर्नेहरु जग्गा लिनको लागि तैयार हुन बताउनु भयो ।

    चन्द्रध्वज खाँडको नाउमा जग्गा नापी भएपछी जग्गा दर्ता सम्बन्धी लामो विवाद हुदै आएको थियो । सो बिवादलाई समाधान गर्ने उद्देश्यले प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण कार्यक्रमले अग्रसरता लिदै समस्या समाधानको लागि पहल गर्दै जाने क्रममा माधुरिको उक्त भनाईले सकारात्मक शंदेश मिलेको छ । वीगत लामो समयदेखी भोगचलन गर्नेको नाउमा जग्गा नापी नभई खाँडको नाउमा नापी भएपछी जग्गा दर्ताको लागि बिवाद हुदै हाल सम्म पनि केही दर्ता भएपनि धेरै जग्गा दर्ताहुन बाँकी रहेको छ ।

    त्यसैगरी चन्द्रध्वज खाँडबाट केही जग्गा वकसपाएका स्थानिय रत्नप्रसाद लुंइटेलले पनि स्थानियको चाहना अनुसारको कार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो चन्द्रध्वज खाँडको एक मात्र छोरी माधुरी राणाले विगत देखी ज—जस्ले उपभोग गर्दै आएका थिए उनीहरुकै हुनु पर्ने भन्ने भनाई सकारात्मक भएको भन्दै आफु सोही भनाईमा सहमत भएको बताउनु भयो । जग्गा भोगचलन गर्दै आउनेले पाउनु पर्ने बिषयमा निरन्तर अगाडी बढ्दै आउनु भएका लुंईटेलले थप्नुभयो आफुले बिगतमा बकस पाउंने समय देखीनै उपभोग गर्नेहरुलेनै जग्गा पाउनु पर्ने भनाई राख्दै आउनु भएको थियो ।

    त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि एवं पाँचखाल नगरपालिकाका उप—मेयर लक्ष्मी दनुवारले विगत लामो समयदेखि खाँडको जग्गामा बसोबास गर्ने ५० भन्दा बडीले आफ्नो नउंमा जग्गाधनि पुर्जा नहुंदा भूकम्प पिडित राहतबाट निर्माणहुनु पर्ने घरहरु निर्माण हुन नसकेको वताउनु भयो । माधुरी राणाको भनाईलाई स्वागत योग्य भनाई भन्दै समस्याको सामाधानको लागि निरन्तर रुपमा अगाडी बढ्दै आएको द्वन्द्व रुपान्तरण केन्द्र साथै माकुरा समुह प्रति आभार व्यक्त गर्दै समस्या समाधान गर्ने बिषयमा आफु र पाँचखाल नगरको तर्फबाट सहयोग गर्न तैयार रहेको बताउनु भयो ।

    जग्ग दर्ता विवादको बिषयलाई मध्यनजर राख्दै द्वन्द्व रुपान्तरण सहयोगी (माकुरा) समुहको आयोजना तथा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहयोगमा शुक्रबार बकुल्टारमा कार्यक्रम सम्पन्न भएको थियो । वकुल्टार, खामपुर लगायतको स्थानमा रहेको जग्गा दर्ताको बिषयमा लामो समयदेखी स्थानियहरु निरन्तर रुपमा अगाडी बढेका थिए । पटक पटक भएको वार्तावाट सहमती जुट्न नसकी अदालत सम्म पुगेको उक्त विवाद हाल सम्म पनि टुंगिन नसक्दा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रले समस्या समाधानको लागि पहल गर्दै जाने क्रममा समस्याको समाधान हुने संभावना प्रवल भएको छ ।

    पाँचखाल नगरपालिका वडा नं १२ का वडाध्यक्ष गोपाल दनुवारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्रकी सहज कर्ता गंगा दोङ्गले द्वन्द्व रुपान्तरणको लागि तयार गरेको विषयमा जानकारी दिनुभएको थियो । प्रकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्रकी राष्ट्रिय प्रशिक्षक एवं स्रोत व्यक्ति रिता मानन्धरले कार्यक्रमको उदेस्य र प्रक्रियाको बारेमा जानकारी गराउंदै केन्द्रले पुलको भूमिका निर्वाह गर्दै दुवै पक्षको जित÷जित हुनेगरी कार्य सम्पन्न गर्ने बताउनु भयो । द्वन्द्व रुपान्तरण केन्दकी मध्य क्षेत्र संयोजक रमिला हुमागाईले लामो समयदेखि जग्गा दर्ता विवाद भई अदालत मालपोत सम्म पुग्दापनि समाधान दुन नसकेको बिवाद समाधानको नजिक पुगेको बताउनु भयो । माकुरा समुहको सदस्य एवं शिक्षाविद प्रल्हाद तिमल्सिनाले जग्गा दर्ता विवादको कारण उत्पन्न भएको समस्याको बारेमा प्रष्ट्याउंदै कार्यक्रम संचालन गर्नुभएको थियो भने सोही समुहका सदस्य संजिव आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार