२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सात जिल्लाका पत्रकार बनेपामा, सुरक्षीत विद्यालयका लागि राष्ट्रिय पहल


२६१२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ कार्तिक २१, बुधबार मा प्रकाशित ५ साल अघि
  • बनेपा-शिक्षा क्षेत्रको नीति तथा योजनाहरुको बारेमा संचारकर्मीहरुलाई सु—सुचित गर्ने उद्देस्यसहित एक दिवसिय अभिमुखिकरण कार्यक्रम आईतबार बनेपामा सम्पन्न भएको छ ।

    शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयद्वारा संञ्चालित बृहत विद्यालय सुरक्षा कार्यक्रमका लागि युएस आईडिको आर्थिक तथा युनिसेफ नेपाल र राष्ट्रिय प्रकोप न्युनिकरण केन्द्र (एन.डि.आर.सि) नेपालको प्राबिधिक सहयोगमा भएको उक्त अभिमुखिकरण कार्यक्रममा काभे्र, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, ललितपुर भक्तपुर र काठमाडौ जिल्ला गरी ४० जना संञ्चारकर्मी सहभागि भएका थिए ।

    अभिमुखिकरण कार्यक्रमलाई सो सम्बन्धिका विज्ञहरु तोया घिमिरे लगायतले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने सहजिकरण ललित तामाङले गर्नुभएको थियो । बृहत विद्यालय सुरक्षा न्युनतम प्याकेज र कार्यान्वयनका बारेमा व्यापक छलफल भएको थियो ।

    कार्यक्रमको अन्तमा पत्रकार महांसंघ काठमाडौ शाखा, ललितपुर शाखाको संयुक्त प्रयासमा “सुरक्षीत विद्यालय अभियान” २०७५ को उपाध्यता र अनुगमन कार्यक्रम संचालन गर्ने उद्घोषण गर्नु भएको थियो । तत्काल अभियान लागु भएका १४ जिल्ला मध्य ७ जिल्लाका संचारकर्मी र स्थानिय जनप्रतीनिधिलाई यसअघिनै मकवानपुरमा अभिमुखिकरण कार्यक्रमहरु संचालनमा आईसकेको जानकारी ललित तामाङले दिनु भएको थियो । उक्त कार्यक्रममा संञ्चारकर्मीको भुमिकाको बारेमा अभिमुखिकरण कार्यक्रम केन्द्रित रहेको सहभागिहरुले वताएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार