२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

उपभोक्ता समितिले प्रशंसा योग्य काम गरेका छन् – बञ्जारा, खड्याङ्ग खुडुङ्ग उकालो सलल, नेतृत्वमा ईश्वर


२६७९ पाठक संख्या

पनौती-पनौती नगरपालिकाका उप—प्रमुख गिता बञ्जाराले पनौती नगरको सवालमा उपभोक्ता समितिले बिकास निर्माणको क्षेत्रमा प्रशंसा योग्य

  • नवसंकेत अनलाईन
  • २०७५ मंसिर ५, बुधबार मा प्रकाशित ५ साल अघि
  • पनौती-पनौती नगरपालिकाका उप—प्रमुख गिता बञ्जाराले पनौती नगरको सवालमा उपभोक्ता समितिले बिकास निर्माणको क्षेत्रमा प्रशंसा योग्य काम गरेका छन् भन्नु भएको छ । मंगलबार सम्पन्न वडाभेलालाई सम्बोधन गर्ने क्रममा उक्त भनाई राख्नु भएको हो ।

    विकास निर्माणको क्षेत्रमा अरु वडामा भन्दा वडा नं ४ ले उल्लेखनिय कार्य गरेको तथ्याङ्क गत आ.व.मा पेस भएको फरफार रिपोर्टले देखाएको छ । जसको कारण गत बर्षको दाजोमा यो बर्ष करोडौंको वजेट अन्य वडाको तुलनामा ४ नं वडामा थपिएको छ । सो वडाका वडावासिले बिकास निर्माणमा देखाएको लगनसिलताको नमुना हो । जसको ज्वलन्त उदाहरण स्थानियबाट स्वत स्फुर्तरुपमा निर्माण भइरहेको अन्तराष्ट्रिय स्तरको फुटबल मैदानलाई लिन सकिन्छ । जसको कारण ४ नं वडाको गरिमा वढेको छ, उप—प्रमुख बञ्जाराको तर्क थियो ।

    अहिले स्तर उन्नती हुन लागेको खड्याङ्ग खुडुङ्ग उकालोले आन्तरिक विमानस्थल आवत जावत गर्नका लागि मार्ग प्रसस्त गर्ने छ । यदि यसलाई गम्भीर रुपमा वडावासिले लिएको खण्डमा नगरपालिका नमुना सडक बनाउन तयार छ । सोहि अनुरुप विकास निर्माणको क्षेत्रमा वजेट बिनियोजन गर्ने समेत उप—प्रमुख बञ्जाराले खुलासा गर्नुभयो ।

    लामो समयदेखीको यात्रामा समस्या खेप्दै आएका ठाडोवाटो नागीका उपभोक्तले अव पक्कि सडकको उपभोग गर्न पाउने भएका छन् । बर्षातको समयमा चारपाउ टेकेर ओहोरदोहोर गर्नु पर्ने समस्याबाट उन्मुक्ति मिल्ने भएको छ । ठाडो वाटो नागी मोटर बाटो निर्माण नगर स्तरिय उपभोक्ता समिति मंगलबाट गठन भएको छ ।

    करिव ४० लाख रुपैयाको लागतमा निर्माण हुन लागेको खड्याङ्ग खुडुङ्ग उकालो मोटरवाटो ढलानको लागि मंगलबारको वडाभेलाले ईश्वर बञ्जाराको अध्यक्षतामा बाटो स्तर उन्नती एवं निर्माण उपभोक्ता समिति चयन गरेको छ । जसको सचिवमा सुभासराज बञ्जारा, कोषाध्यक्षमा बैजन्ती बञ्जारा, सदस्यहरुमा जयराम बञ्जारा, सुरेन्द्र तामाङ्, नानु बञ्जारा र सुदिप बञ्जारा उपभोक्ता समितिमा चयन भएका छन् भने योजना अनुगमन समितिमा सम्भुप्रसाद बञ्जाराको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ जसमा रविन्द्र वंञ्जारा, ओमनाथ वञ्जारा, गंगा कुंवर र भरत बंञ्जारा रहेका छन् ।
    उक्त भेलामा वडाअध्यक्ष वुद्धसिं थापा, वडा सदस्यहरु मिनवहादुर वस्नेत, नकुल श्रेष्ठ, सविता थापा, वडा सचिव राजकुमार श्रेष्ठ, ईञ्जिनियर हरी भुजु लगाएत वडा वासिहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार