२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

शिरमा यूनियनको आन्दोलन जारी, श्रमअदालतको आदेशलाई मान्यता दिन्न – डा.मोले


२२१६ पाठक संख्या

बनेपा-काभे्रको सवैभन्दा पुरानो अस्पतालको रुपमा रहेको बनेपाको शिरमेमोरियल अस्पतालमा नेपाल सरकार श्रम तथा व्यवसायजन्य सुरक्षा

  • नवसंकेत अनलाईन
  • २०७५ मंसिर १५, शनिबार मा प्रकाशित ५ साल अघि
  • बनेपा-काभे्रको सवैभन्दा पुरानो अस्पतालको रुपमा रहेको बनेपाको शिरमेमोरियल अस्पतालमा नेपाल सरकार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट आधिकारीका रुपमा (शिर मेमोरियल एड्भेन्टिस्ट हस्पीटल बनेपा) टेड यूनियन दर्ता भएको छ ।

    दुई बर्ष अगाडीबाटै यूनियन दर्ताको प्रकृया अगाडी बढाएपनि अस्पताल प्रशासनले विभिन्न प्रकारको अवरोध सृजना गर्दा २०७५ कार्तिक २९ गते आधिकारीक रुपमा यूनियन दर्ता भएको होे । शिर मेमोरियल एड्भेन्टिस्ट हस्पीटल बनेपा प्रतिष्ठानस्तरको टेड यूनियनका कामदारहरुको तर्फबाट व्यवस्थापकसंग सामूहिक सौदाबाजी गर्न ट्रेड यूनियन ऐन २०४९ को दफा ११ बमोजिम नेपाल स्वास्थ्यकर्मि तथा कर्मचारी यूनियनको रुपमा मान्यता प्राप्त गरेको छ ।

    नेपाल सरकार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट आधिकारीक रुपमा यूनियन दर्ता भएको अवस्थामा शिर मेमोरीयल अस्पताल प्रमुख डा.डेल.एम मोलेले टे«ड यूनियनलाई अस्पतालमा मान्यता नदिने भन्ने अभिव्यक्ति दिएपछी यूनियनले आफ्नो हक अधिकारको लागि वार्ताको प्रयास गर्दा अस्पताल प्रमुख मोलेले यूनियनको नाममा कुनै पनि प्रकारको वार्ता नगर्ने बताएपछि अस्पतालका स्वस्थ्य कर्मीहरु आन्दोलीत भएका छन् ।

    काभे्रकै पुरानो अस्पतालको रुपमा परिचित शिर मेमोरीयल अस्पतालले अगाडी बढाएको बिभिन्न गतिबिधिहरु अस्पताल साथै श्रमिकहरुको हित बिपरित भएको भन्दै सुधारको लागि स्वास्थ्य कर्मीहरुले बिभिन्न २४ सुत्रिय माग पेस गरेका थिए । अस्पताल प्रशासनले कुनै सुनुवाई नगरेपछि शुक्रबारबाट आन्दोलनमा उत्रिनु परेको टे«ड युनियनका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी गराउनु भएको छ ।
    अध्यक्ष श्रेष्ठका अनुसार आधिकारीक रुपमा ट्रेड यूनियन दर्ता भएको अवस्थामा अस्पताल प्रशासनले श्रम ऐन अनुसार सेवा सुबिधा, स्वास्थ्य कर्मीहरुको तलब बृद्धि, कार्यालय व्यवस्थापन र अस्पतालको सुधारको बिषयमा छलफल गर्न युनियनका पदाधिकारीहरुले प्रशासन समक्ष अनुरोध गर्दा दुव्र्यवहार गरेकोले आन्दोलनमा उत्रीनु परेको हो । उहाँले थप्नुभयो जवसम्म अस्पताल प्रशासनले हाम्रो मागहरु (श्रम ऐन अनुसार सेवा सुबिधा, अस्पतालको हरेक कृयाकलापमा यूनियनको सहभागिता, भ्रष्टाचार र भ्रष्टाचारीको अन्त्य) पुरा हुंदैन तवसम्म आन्दोलन जारी रहने छ । यूनियनले उठाएका बिषयमा गहनका साथ छलफल गरी लागु नगरे सम्म अस्पतालको विकास नहुने वताउंदै अस्पतालको बिकासको लागि यूनियन सदैव अगाडी बढ्ने श्रेष्ठको धारणा थियो ।

    उता अस्पताल प्रशासन प्रमुख डा.डेल.एम मोलेले भने आफु अस्पताल स्वस्थ्य कर्मीहरुको नाताले १-२ जनासंग बसेर केही छलफल गर्न तयार भएपनि यूनियनको नाममा कोही कसैसंग पनि छलफल नगर्ने बताएपछि समस्या थप जटिल बन्दै छ । प्रशासन प्रमुख मोलेले आधिकारीक रुपमा दर्ता भएको यूनियनलाई अपमानित गरेपछि शुक्रबार यूनियको नेतृत्वमा अस्पतालमा रहेका स्वास्थ्यकर्मीहरुको सहभागितामा अस्पताल परिसरमा बिभिन्न माग सहितको नारा लगाएको थियो । उनीहरुले भ्रष्टाचारीको अन्त्य गर, वेल फेल खारेजगर, सामाजिक सुरक्षा ऐन लागु गर, श्रम ऐन लागु गर लगाएतको नारा लगाएका थिए । शनिबार बिहान यूनियनको बैठकबाट जव सम्म आफ्ना मागहरुका बारेमा सम्बोधन हुंदैन तव सम्म चरण बद्ध ढंगको आन्दोलन अगाडी बढाउने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार