२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

फुलचोकीको साधारणसभा सप्पन्न


३४३९ पाठक संख्या

पनौती ,रयाले ,काभ्रे चिसो मौसम । घाम पनि मलिन छ ।तर त्यहाँको वातावरण र मानिसहरुको

  • नवसंकेत अनलाईन
  • २०७५ मंसिर १६, आईतबार मा प्रकाशित ५ साल अघि
  • पनौती ,रयाले ,काभ्रे चिसो मौसम । घाम पनि मलिन छ ।तर त्यहाँको वातावरण र मानिसहरुको घना उपस्थितिले गरम गराएको छ । फेरि नयाँ नेतृत्व चयन पनि त हुदैछ । पनौती नगर प्रमुखको उपस्थितिले सभाको गरिमा उसै बढेको छ ।

    प्रसङ्ग हो श्री फुलचोकी बचत तथा ऋण सहकारी सस्था लि को २२ औं साधारणसभाको । अगाडि मेचहरु लहरै राखिएका छन अतिथिहरुको निम्ति । अनि सहभागी शेयर सदस्यहरुको निम्ति मन्च अगाडि कुर्सीहरुको व्यवस्था मिलाइएको छ । बिस्तारै मानिसहरुको भिड बढदै गए सङै पानसमा बत्ती प्रज्वलन गरि पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले सभाको उद्घघाटन गरे। उनले राज्यको नीति नै बिषयगत सहकारीहरु एक भएर जानुपर्ने भएकोले यश तर्फ ध्यान दिन आग्रह गरे ।सहकारी राज्यको अर्थतन्त्रको मेरुदण्ड भएकोले नगरपालिकाले आफ्नो तर्फ बाट सदैब आबश्यक सहयोग हुने दृढता व्यक्त गरे ।

    सस्थाको सस्थापक अध्यक्ष राजकुमार सापकोटाले सस्था स्थापनाको पृष्ठभुमि भताउदै हुनेखानेहरुको दादागिरीवाट भएको आर्थिक शोषणवाट हुदाखानेहरुलाई जोगाउन स्थापना गरिएको प्रष्ट पारे। कार्यक्रमलाई सस्थाका उपाध्यक्ष रामचन्द्र सापकोटाले सबैलाई स्वागत व्यक्त गरे। शेयर सदस्यका छोरा छोरी मध्येवाट २०७४ को एसईई परिक्षामा सामुदायिक तथा निजि बिधालयका उत्कृस्ट ४ लाई फुलचोकी उत्कृष्ट विद्यार्थी सम्मान नगद सहित प्रदान गरिएको थियो भने असल बचत कर्ता र असल ऋणि मध्यवाट गोला प्रथा गरि पुरस्कार प्रदान गरिएको थियो । पनौती १ का अध्यक्ष गुणनाथ सापकोटाले आफ्नो सस्थामा सस्थापनाकाल देखि नै लागिपरेको बताउनु भयो । यश अघि कोषाध्यक्ष प्रतिमा श्रेष्ठ ,लेखा समिती सयोजक केदार नाथ सापकोटा ,सचीव कुल प्रसाद लगायतले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत स्वीकृत भएको थियो । कुल १२८४ सदस्य रहेको यो सहकारीको स्थापना २०५३ सालमा भएको थियो ।कुल शेयर पुजि ७० लाख ५0 हजार र कुल बचत ६ करोड ९६ लाख रहेको उक्त सहकारिले बिप्रेषण सेवा समेत प्रदान गर्दै आएको छ । आफ्ना शेयर सदस्यहरुको कृषि व्यवसाय र आबश्यक अन्य कार्यको लागि सुलभ व्याजदरमा छिटो ऋण प्रदा गर्दै आएको यो सस्था मानविय र सामाजिक उत्तरदायीत्वमा पनि उत्तिक्कै कृयाशिल छ ।

    भावी कार्ययोजनाको बारेमा सभामा सभाका अध्यक्ष एवं सस्थाका अध्यक्ष प्रदिप सापकोटाले आफ्नो धारणा राखेका थिए। उक्त साधारणसभाले आगामी कार्यकालको लागि प्रदिप सापकोटाको अध्यक्षतामा रामचन्द्र सापकोटा उपाध्यक्ष ,कुल प्रसाद सापकोटा सचिव,तिर्थराज सापकोटा कोषाध्यक्ष र सदस्यहरु बिक्रम सापकोटा ,रित कुमार ,सुन्तोली तामाङ ,तुल प्रसाद सापकोटा ,प्रकाश सापकोटा ,लोकमणि सापकोटा र लिलानाथ गौतम रहेको संचालक समिती सर्वसम्मत चयन गरेको छ ।साथै सर्वसम्मत लेखा समितिको सयोजक बिनोद सापकोटा ,सदस्य निशा सापकोटा र दिलिप कुमार सापकोटा चयन भएका छन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार