२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हिमाल पारिकाे जिल्ला मुस्ताङको शान धवलागिरि प्राविधिक शिक्षालय।


४६१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ मंसिर १७, सोमबार मा प्रकाशित ५ साल अघि
  •  माेहन गजुरेल / एशियाली विकास वैंककाे सहयाेगमा वि.स.२०५१ सालमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् सानाेठिमी भक्तपुरद्वारा संचालि यस धवलागिरि प्राविधिक शिक्षालय २५५ राेपनि क्षेत्रफलमा फैलिएको छ।

    छाेटाे समयमा दक्ष जनशक्ति, वजारकाे माग अनरूप उत्पादन गर्ने उदेश्यले १८ महिने हाेटल व्यवस्थापन ,कुलिनरि अार्ट,वालि विज्ञान र पशु विज्ञान तर्फका प्राविधिक विषयमा सुलभ मुल्यमा अध्ययन अध्यापन गराउंदै अाईरकाे शिक्षालय प्रमुख खड्क वहादुर सुब्बाले नवसङ्केत अनलाईनलाई जानकारि गराए ।

    प्रशासकिय तथा प्राविधिक गरि २० वटा भवन रहेकाे उक्त शिक्षालयमा ४२ जना प्रशासनिक तथा प्राविधिक कर्मचारीरहरू रहेका छन।कर्मचारी अावास तथा महिला ,पुरूष छात्रावासकाे पनि सुविधा रहेकाे छ।

    हाेटल व्यवस्थापन विषय अध्ययन गर्ने विधार्थिहरूलाई अझ वढि अभ्यास गराउनका साथै अान्तारिक तथा बाह्य पर्यटकलाई सर्वसुलभ मुल्यमा सेवादिने उदेश्यले अाफ्नै स्वामित्वमा २० काेठाकाे Pine Forest Lodge &Resturant संचालनमा रहेको हाेटल व्यवस्थापनका प्राविधिक अधिकृत शिशिर सुव्वाले जानकारि दिए ।
    स्थानीयकाे माग र पर्यटकिय क्षेत्र भयकाेले निरन्तर रूपमा नेपाल सरकारकाे छाेटा अवधिकाे अाय अार्जन मुलक सीप विकास तालिम संचान गर्दै स्थानीयकाे अाय वृद्धिदरमा सहयाेग पुर्याई रहेकाे स्थानीय हाेटल संचालकहरू वताउंछन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार