२०८१ माघ २५, शुक्रबार | Fri, 07, Feb, 2025

निर्मलाको न्याय माग्दै बनेपाको सडकमा युवा


३६९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ मंसिर १८, मंगलबार मा प्रकाशित ६ साल अघि
  • शुसिलराज गिरी
    काभ्रे बनेपा । बलात्कार पछि हत्या गरेको निर्मला पन्तको हत्यारा अझै पत्ता नलागेको अवस्थामा सरकारलाई दवाव दिन देश व्यपी रुपमा प्रदर्शण भैरहेको समयमा आज काभे्रको बनेपाको चोकचोकमा युवाहरुले न्यायको माग गर्दै पोस्टर सहित सडकमा उत्रिएका छन् ।

    बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए– १९ गते बनेपा मा केही स्वतन्त्र युवाको हातमा र बनेपाको मुख्य चोकहरूमा पोस्टरमा उनको स्केच मात्रै थिएन, ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासट्याग इम्प्युनिटी, जस्टिस डिलेड इज जस्टिस डिनाइड’ पनि लेखिएको स्टीकर र पोस्टर पाइएको थियो ।

    निर्मलाका लागि न्याय मागिएको पोस्टर सहरभरी फैलाउन र न्यायका लागि पोल र भित्तामा पोस्टर त टाँगिएका थिए नै, मंगलबार सम्म आइपुग्दा देशव्यापी रूपमा सवारी साधनमा स्टिकर टाँसिन थालेका छन् । न्याय माग्ने अभियान भाइरल बनाउन स्टिकर ज्याकेट बाईक र गाडीमा प्रयोग गरेकोले थप सहायता मिलेको प्रर्दसन मा सामेल बनेपा बासिन्दा निर्मल पान्डे ले जानकारी गराउनु भयो ।,

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु