२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालका प्रमुख प्रशासकीय अधिकृत लाई, नमोबुद्ध नगरपालीका द्वारा सम्मानीत


२८९९ पाठक संख्या

पाँचखाल-हाल पाँचखाल नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईलाई नमोबुद्ध नगरपालिकाको पाँचौ स्थापना दिवस तथा

  • नवसंकेत अनलाईन
  • २०७५ मंसिर १९, बुधबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-हाल पाँचखाल नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईलाई नमोबुद्ध नगरपालिकाको पाँचौ स्थापना दिवस तथा नगरको नवनिर्मित भवन उद्घाटन कार्यक्रमको अवसर पारेर सम्मान गरेको छ ।

    पाँचखाल नगरका प्रशासकीय अधिकृत चापागाईले नमोवुद्ध नगरपालीकामा २०७३ चैत्र ९ गते देखी २०७४ मंसिर १ गते सम्म स्थानिय तहमा पहिलो पटक प्रवेश गर्नुभएर प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै पु¥याउनु योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरेको थियो । नमोबुद्ध नगरस्रोतका अनुसार चापागाईले नगरको हितको लागि धेरै उल्लेख्य कार्य गरेकोले सो राम्रो काम गर्नेलाई हौसला स्वरुप सम्मान गरेको जानकारी प्राप्त भएको छ ।

    अधिकृत चापागाई २०७४ माघ १० गतेबाट पाँचखाल नगरपालीकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहनु भएको छ । उहाँको सहनसिलता साथै स्थानिय तहमा रहेर गर्नुपर्ने कार्यको बिषयमा पुर्ण ज्ञान भएकोले कुनैपनी स्थानिय तहमा उहांले ल्याउनु भएको (भिजन) योजना स्थानिय तहको हितको खातिर रहन्छ । पाँचखाल नगरमा अधिकृतको जिम्मेवारी सम्हालेपछि पनी कानुनत नीयमित बजेटको ४० प्रतिशत सम्म खर्च गर्न पाउने प्रशासनिक खर्चलाई २५ प्रतिशतमै सिमित गर्दै अन्य बिकास निर्माणको कार्यलाई प्राथमिकता दिन सफल रहनु भएको छ ।

    साबिक धनकुटाको चुङ्माउ गाबिस वडा नं ६ हालको पाख्रिवास नगरपालिका वडा नं ९ मा जन्मनु भएका भोलाप्रसाद चापागाई मिलनसार सालिन साथै भद्र हुनुहुन्छ । अधिकृत चापागाईले एम. ए, एम.बिए, विएड, वि.एल सम्म अध्ययन गर्नु भएको छ । ०४५ सालमा शिक्षक पेसाबाट अगाडी बढ्नुभएका चापागाईले ०५५ सालमा खरिदारको रुपमा संसद सेवामा कार्यरत हुदै, ०५७ सालमा शुब्बा, ०६३ सालमा अधिकृत हुदै ०७३ सालमा उप सचिब हुन सफल हुनु भएको थियो । उपसचिव भएपछि स्थानिय तहमा पहिलो पल्ट काभे्र जिल्लाको नमोबुद्ध नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो । हाल स्थाई वसोवास ललितपुरको धापाखेलमा रहेपनि सेवाग्राहीहरुलाई सेवा दिन सहज रहोस साथै सवारी साधनको इन्धनमा खर्च कम होस भनि पानँचखाल नगरको कार्यालयकै आवास गृहमा वस्दै विहान ९ बजे देखी बेलुका ६ वजे सम्म सेवा ग्राहिको साथमा रहेर सेवा दिदै आउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार