२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आँखा शिविरमा सयौंले लिए फाईदा


२४२३ पाठक संख्या

पनौती-नेपाल रेडक्रस सोसाईटी टौखाल उप—शाखा र छिमेकी साकोसको संयुक्त आयोजनामा सञ्चालन गरेको आँखा शिविरमा सयौ

  • नवसंकेत अनलाईन
  • २०७५ मंसिर १९, बुधबार मा प्रकाशित ५ साल अघि
  • पनौती-नेपाल रेडक्रस सोसाईटी टौखाल उप—शाखा र छिमेकी साकोसको संयुक्त आयोजनामा सञ्चालन गरेको आँखा शिविरमा सयौ आखा सम्बन्धि समस्या भएका बृद्ध÷बृद्धाहरुले सेवा लिएका छन् । गत शुक्रबार पनौती नगरपालिका वडा नं ४ को वडा कार्यालयको पाङ्गनमा भएको उक्त शिबिरको प्राबिधिक सहयोग रेयुकाई एइको मासुनागा आँखा अस्पतालले पु¥याएको थियो ।

    उप—शाखा सचिब अक्कल सिं थापाको अनुसार १ सय ७० आँखाका समस्या भएका पिडितले सेवा लिएको र १६ जनामा समस्या देखिएकाले अस्पतालमै बोलाईएको छ भने ७ जनामा मोतिया बिन्दु देखिएको शिविरमा सहभागि प्राबिधिकको भनाई छ ।

    शिविर विहान १० बजे देखि साँझ सम्मनै चलेको थियो । उक्त शिविरमा स्वयंसेवकको रुपमा खटिनु भएकी महिला स्वास्थ्य स्वयंसेवीका एवं रेडक्रसपे्रमी शुसिला शुवाल बताउनु हुन्छ । शिविर अत्यन्तै प्रभावकारी रहेको पिडितहरुको भनाई उल्लेख गर्नु हुंदै यस्ता खालका शिविरहरु समय समयमा संञ्चालन गर्नसके अस्पतालमा जीर्ण भएर जाने संस्कारको अन्त्य हुने बताउनु भयो । स्वयंसेवीका सुवाल भन्नु हुन्छ, मानविय संस्थाले स्थानिय स्तरमा देखापर्ने समस्याहरु लक्षीतगरी यस किसिमको सेवा प्रदान गर्नुले संघसंस्था प्रती बृद्ध÷बृद्धाहरुको विस्वास बढ्ने जिकिर समेत गर्नु भयो । शिविरको अध्यक्षता उपशाखा सभापति मिनवहादुर वस्नेतले गर्नु भएको थियो भने व्यवस्थापकिय जिम्मेवारी पनौती नगरपालिका वडा नं ४ ले गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार