२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लिलामे माइलोको प्रदर्शन जारी


५६६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ पौष ३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • नेपाली मौलीक कथा वस्तुमा बनेको लोक नाटक लिलामे माइलो को प्रर्दशनीको अन्तिम हप्तामा प्रवेश गरेको छ । मंसिर १४ बाट सुरु भएको नाटक पुस ७ गते सम्म मञ्चनमा रहने छ । नयाँ बानेश्वर थापागाउँ, सिडिओ टोलमा रहेको कुञ्ज थिएटरमा नाटक मञ्चन भैरहेको छ । नाटक हरेक दिन बुधबार बाहेक ४ः३० बजे शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजे लागि रहेको छ ।

    रिमेक ड्रामा बन्ने चलन आईरहेको अवस्थामा लिलामे माइलोे पृथक नेपाली मौलिक कथा वस्तुमा बनेको कारणले पनी दर्शकको राम्रो साथ पाईरहेको कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिनुभयो ।

    नाटक मगर समुदायको कथा वस्तुलाई लिएर बनाईएको छ । नाटक मञ्चन भैरहेको अवस्थामा नाटकको पात्र परिवेस अनुसारको वास्ना नाटक घरमा आउँदै गर्दा दर्शकलाई फरक खालको रोमाञ्चिन बनाईरहेको हुन्छ जसले दर्शकलाई यथार्थता महशुस गराउन ठुलो मद्धत पुगेको छ । यो किसिमको प्रयोग नेपालमा पहिलो पटक गरिएको हो ।

    नाटकले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएको छ । लिलामे माइलो फेमेलि ड्रामा हो । सामाजिक विषयवस्तुलाई नाटकमा उतारिएको छ । नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तीहरुको स्थानीय रहसन, सँस्कृती, पर्ब, ति गाउँले जिवन यापन गर्नेहरुको जिवनमा घट्ने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्धारा नाटकको रुपमा प्रस्तुत् गरिएको छ ।

    धेरै पछि काठमाडौंको नाटक घरमा मौलीक कथा वस्तु मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँ पन दिनको लागि नाटकको कलाकार सहितको टोली १ हप्ता सम्म मोरङ जिल्लाको लेटाङ स्थीत राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजीट समेत गरेको थियो ।

    कुञ्ज नाटक घरको प्रस्तुति तथा राजाराम गौतमको निर्माणमा बनेको नाटकको कथा÷निर्देशकः प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण ः राज थापा काउचा, कलाकारहरु सलमान खान गुरुङ (माइला), निशा पाख्रिन (प्याकुली), राजन भुजेल (दुधे), पुष्पराज अवस्थी (जिम्वाल), विजय नेपाल (सानकाजी), विरेन्द्र खाति, अलविना न्यौपाने (चन्द्रा), मनोज थापामगर (कान्छा), संजिव राई (गाउँले), नमस्ते दिवाकर घिमिरे (सोमे), विपना थापा (जुुनु), विरेन्द्र खाती, शिला राना मगर, सचिन मल्ल (धरापे), संगीता थापा, सुनिल मगर (झप्ते), ललित मगर (लोके), चक्र विष्ट (गाउले), पारुहागं राई (बनकाँडे) रहेका छन् । प्रचार परिकल्पना लुक्स नेपाल इभेन्टस एण्ड मिडिया प्रा.लिको रहको छ । संगित परिचालन प्रकास घिमिरे, राजिव श्रेष्ठ, प्रवीन लाखाजु, फोटोग्राफि डकुमेन्टेसन ः युसव गौतम, भेषभुषाः दिपिका थापा, प्रकाश परिकल्पना तथा परिचालन रामबाबु रेग्मी, जीवन बराल, मञ्च परिकल्पना झकेन्द्र बि.सी, सेट ः निर्मल साउद, प्रप्स निर्माणः सन्जिव राई, पोष्टरः प्रकेश सिन्धुलीया, मञ्च व्यवस्थापनः पुष्पराज अवस्थी, पब्लिक रिलेसन अफिसरः पदम घिमिरे, डिजिटल मार्केटिङः फोर क्युव ईन्टरटेनमेन्ट प्रा.ली को रहेको छ ।

    नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरिएको निर्माता राजाराम गौतमले जानकारी दिनुभयो । नेपाल पश्चात नाटक भारतको सिक्किम, दार्जलिङ, सिलगुडि, असाम, थाईल्याण्ड, म्यानमार, बंगलादेशमा समेत प्रर्दशनको तयारी गरिएको उहाँले बताउनुभयो । नाटक मौलिक र सामाजिक परिवेषलाई आधार बनाइएको छ ।

    नाटकले यस अघिनै नेपालमा पहिलो पटक नाटकको प्रोमोसन भिडियो बनाएर युटुवमा सार्वजनिक गरेको थियो भने उत्कृष्ट ट्रोल भिडियो, पोष्टर, बनाउनेलाई नगद रु ५ हजार र २ जनालाई दार्जलिङ टुर प्याकेजको घोषणा गर्नुको साथै विभिन्न अफरहरु राखेर निशूल्क टिकटको पनि व्यवस्था गरेको छ । नेपाली नाट्य क्षेत्रमा यो किसिमको प्रचार प्रसारको शैली पहिलो पटक अपनाईको जानकारहरु बताउछन् । नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोग सहित, नाटकको माध्यमबाट पुर्बी नेपालका आदिबासी जनजाती मध्येको मगर जातीको रितिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्धन गर्नुको साथै पर्यटकिय क्षेत्र मोरङको राजारानि ताललाई पनि पर्वद्धन गर्न मद्धत पुग्ने निर्माता गौतमले बताउनुभयो ।

    सामाजिक उत्तरदायीत्व निर्वाहको लागि भन्दै नाटक मंसिर १२ गते काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकालाई देखाईएको थियो भने मंसिर १३ गते वृद्धाश्रमका महिलाहरुलाई निशुल्क देखाईएको थियो ।

    लिलामे माईलो नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकि रकम सामाजिक कार्यमा खर्च गरिने निर्माता राजाराम गौतमले बताए । नाटक माइला भएर जन्मनुभएकाहरुले निशुल्क हेर्न पाउने छन् । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्ष भन्दा माथिका बृद्ध बृद्धाले यो नाटक कुनै पनि दिन निशुल्क हेर्न पाउने कुरा कार्यकारी निर्माता गौतमले जानकारी दिनुभयो ।

    चटके माइलो हो नाटके माइलो
    लिलामे माइलो देशै रमाइलो
    मन भित्रै छ उसको हो सुन चांदिको थैलो
    लिलामे माइलो देशै रमाइलो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार