२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा रहेका इट्टा भट्टाहरु मापदण्ड विपरित, मापदण्ड पुर्ण नहुनेलाई संञ्चालनमा रोक


५६९० पाठक संख्या

पाँचखाल-पाँचखाल नगरपालीका वडा नं ७, ९ र १२ मा संचालन हुदै आएको इट्टा भट्टा र

  • नवसंकेत अनलाईन
  • २०७५ पौष ३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-पाँचखाल नगरपालीका वडा नं ७, ९ र १२ मा संचालन हुदै आएको इट्टा भट्टा र प्लाई कारखाना मापदण्ड विपरित ढंगबाट संञ्चालन भएको पाईएको छ ।
    विगतमा संञ्चालनको क्रममा मापदण्ड पुरा नगरी संञ्चालन हुदै आएको जसको कारण वातावरण प्रदुषण भई मानव स्वस्थ्यमा साथै कृषि बालि तथा घरपालुवा जनावरहरुमा समेत समस्या आएको भन्दै स्थानियले विरोध गरेपछि पाँचखाल नगरपालिकाको पहलमा अनुगमान गरेको थियो ।

    नगर कार्यपालिकाको निर्णय अनुसार सम्बन्धित वडाका वडा अध्यक्ष र जनप्रतीनिधि, शिक्षा सेवी , समाजसेवी, स्थानियहरु र उद्योगीहरुको समेत उपस्थितिमा अनुगमन साथै सर्जमिन गर्दा उक्त वडाहरुमा हाल संञ्चालनमा रहेको कुनैपनि उद्योगहरुको मापदण्ड पुर्ण नभएको पाईएको छ ।

    सोमबार पाँचखाल नगर कार्यपालिकाले मापदण्ड विपरित संञ्चालन भएका उद्योगहरुको बिषयमा निर्णय गर्दै सम्बन्धित निकायमा सर्जमिन मुचुल्का सासै मापदण्ड नपुगेको जानकारी गराउने निर्णय भएको छ । उद्योग नबिकरणको लागि सम्बन्धित नगर कार्यपालिकाको सिफारीसको आधारमा मात्र घरेलु तथा साना उद्योग कार्यालयले नविकरण गर्न सक्ने व्यवस्था रहेको छ । २०७५ जेठ १४ गतेको मन्त्रि स्तरयि बैठकको निर्णयको आधारमा उद्योग नविकरण गर्न सम्बन्धित नगर वा गाउंकार्यपालिकाको सिफारीस साथै वातावरण बिभागको अनुगमनमा नेपाल सरकारवाट स्वीकृत मापदण्ड पुर्ण भएको व्यहोराको प्रमाण पत्र बेगर उद्योग नविकरण नहुने निर्णय भएको थियो ।

    सोही निर्णयको आधारमा काभे्रको नमोबुद्ध नगरपालिकामा संञ्चालन भएको भट्टाहरु नविकरणमा रोक लगाइएको छ । पाँचखालमा संञ्चालन भएको भट्टा तथा प्लाई उद्योगको समेत मापदण्ड पुरा नभएकोले मापदण्ड पुर्ण नगरे सम्मको लागि नबिकरण नगर्ने पाँचखाल कार्यपालीकाको निर्णय भएको छ ।

    सोही बिषयलाई लिएर उद्योगिहरुसंग सम्पर्क राख्दा उद्योग सञ्चालनको लागि मापदण्ड पुर्ण गरेको प्रमाण पत्रको आधारमा व्यवसाय संञ्चालन गरेको वताएका छन् । मापदण्ड पुणर््ा नभएको पाईएमा नेपाल सरकारको स्वीकृत मापदण्डलाई पुर्ण गराउने जानकारी गराएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार