२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जनप्रतिनिधिको भत्ताबाट सडक निर्माण


९११३ पाठक संख्या

मिल्चे-काभे्रको दुर्गम स्थानको रुपमा परिचित डाँडापारीको मिल्चेमा सार्वजनिक यातायात (बस) स्थानियहरु हर्षित भएका छन् ।

  • नवसंकेत अनलाईन
  • २०७५ पौष ३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • मिल्चे-काभे्रको दुर्गम स्थानको रुपमा परिचित डाँडापारीको मिल्चेमा सार्वजनिक यातायात (बस) स्थानियहरु हर्षित भएका छन् ।

    डाँडापारीलाई सार्वजनिक यातायातबाट सहज गराउने उद्देश्यले ३ वर्ष अघि ललितपुरको ठूलादुर्लुङसँग जोडेर मिल्चे पु¥याउने लक्ष्यको साथ बाटो निर्माण थालिएको थियो तर विभिन्न कारणले पूर्णता पाउन सकेको थिएन । पछिल्लो समय च्याम्राङबेसीको कलङसिङको बिशाल चट्टान नेपाली सेनको सहयोगमा फोरेर बाटो निर्माण गरिए पश्चात उक्त खण्डमा पनौती च्याम्राङबेसी सडक जोडिएको थियो । बाटो निर्माणमा स्थानीयले ऋण स्वरुप पैसा संकलन गरेर बाटो निर्माणमा जुटेका थिए ।

    स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि सडक निर्माण कार्यले तिव्रता पाएको छ । गत वर्ष पनौती देखि धाप्ले सम्म बस संचालन भएको भए पनि यो वर्ष मिल्चे गाउँ सम्म बस पुगेको छ । निर्वाचनको समयमा जनप्रतीनिधिहरुले गरेको प्रतिवद्धता पूरा गर्ने उद्देश्यले नै बाटो निर्माण गर्ने कार्यलाई तिव्रता दिइएको हो । खानीखोला गाउँपालिका वडा नं ७ वडाअध्यक्ष क्षेत्रमान घ्यावाले बताए । अहिले सम्म कुल ९५ लाख रुपैया खर्च भएको छ । यो पटक नयाँ सडक निर्माण भन्दा पनि सडक मर्मतको बजेट मात्र उपलब्ध भएको कारण रकम अपुग थियो ।

    जसरी पनि मिल्चे पु¥याउने नै उद्देश्य राखिएको थियो । सडक निर्माण कार्यको लागि रकमको अभाव भएमा जनप्रतिनिधको नाताले प्राप्त हुने रकम सडक मै लगानी गछौं, वडा अध्यक्ष घ्यावाले भने । जिल्लाको डाँडापारी क्षेत्रको केन्द्र मानिने तालढुङ्गा सम्म उक्त सडक जोड्ने उनले बताए । करिब ५ किलोमिटर सडक निर्माण गर्दा तालढुङ्गा सडक सँग जोडिने र उक्त सडक जोडिए पश्चात तालढुङ्गाबाट पनौती, बनेपा सम्मपुग्ने सबैभन्दा छोटो मार्ग हुने छ । डाँडापारीको केन्द्र मानिने तालढुङ्गालाई आधारमानेर विभिन्न क्षेत्रबाट सडक निर्माण गर्ने क्रम जारी छ । कुनै सडकको ट्रयाक जोडिएको छ भने कुनै अझै निर्माणको क्रममा रहेका छन । पनौती मिल्चे तालढुङ्गा सडक जोडिए पश्चात सबै भन्दा छोटो दुरीको सडक बन्ने स्थानियहरुको भनाई रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार