२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

२७ जिल्लाका सहभागिलाई रेडक्रसको तालिम


२६९२ पाठक संख्या

बनेपा-नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यलयद्रारा आयोजित तीन दिने तालिममा २७ जिल्लाबाट सहभागी भएकाहरुलाई रेडियो कार्यक्रम

  • नवसंकेत अनलाईन
  • २०७५ पौष ३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • बनेपा-नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यलयद्रारा आयोजित तीन दिने तालिममा २७ जिल्लाबाट सहभागी भएकाहरुलाई रेडियो कार्यक्रम उत्पादनका साथै सञ्चार सीप अभिबृद्धिको लागि तालिम प्रदान गरेको थियो ।

    काभे्र जिल्लाको बुडोलमा रहेको अत्याधुनिक तालिम केन्द्रमा सो तालिम प्रदान गरेको थियो । तालिममा नेपाल रेडक्रस सोसाइटीका २७ जिल्ला शाखाहरुबाट कर्मचारी, स्वयंसेवक साथै बिभिन्न रेडियो तथा सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरु सहभागी रहेका थिए ।

    नेपाल रेडक्रस सोसाइटीले मानवीय सेवाका लागि के कती योगदानहरु पु¥याए भन्ने बिषयमा सम्पुर्ण सरोकारवालाहरुलाई जानकारी गराउने उद्देस्यले उक्त तालिमको आयोजना गरेको जानकारी प्राप्त भएको छ । दुर्गम वस्तिहरुमा पत्रपत्रिका पढ्न केही असहज हुने हुंदा रेडियोको माध्यमबाट रेडक्रसले गरेको गतिविधिहरुलाई प्रचारप्रसार गर्ने बिषयमा जोड दीदै तालिम प्रदान गरेको आयोजक पक्षको भनाई रहेको छ । सो तीन दिने तालिमले गर्दा रेडक्रसको गतिबिधिलाई प्रचार प्रशार गर्न थप टेवा मिल्ने भएको छ ।

    रेडक्रसले विगतबाटै रेडियो कार्यक्रम निर्माण गरी जिल्ला शाखा र एफएम रेडियोहरु समेतको सहकार्यमा देशका बिभिन्न ४६ वटा एफ.एम रेडियोबाट प्रसारण गर्दै आएको छ । तालिममा प्रशिक्षक श्रीधर न्यौपाने, नरेन्द्र श्रेष्ठ, सरिता ढुंगाना, पल्लवी सिं, कृष्ण नेपाल, दिव्यराज पौडेल लगायतले प्रशिक्षण दिनुभएको थियो भने चन्द्रकला खड्का र सरिता ढुंगानाले समन्वय गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार