२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दाङ बस दुर्घटनाप्रति मन्त्री पोखरेलबाट दुःख व्यक्त, घाईते भेट्न मन्त्री पोखरेल अस्पताल पुगे


२९६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ पौष ७, शनिबार मा प्रकाशित ५ साल अघि
  • काठमाण्डौं-शुक्रबार दाङमा बस दुर्घटनामा परेर घाईते भई काठमाण्डौं ल्याईएका शिक्षक बिद्यार्थीहरुलाई शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

    उपचारको लागी हेलिकप्टर मार्फत राष्ट्रिय ट्रमा सेन्टरमा ल्याईएका घाईतेहरुलाई भेट्न मन्त्री पोखरेल अस्पताल पुग्नुभएको हो । मन्त्री पोखरेलले घाईतेहरुको उपचारमा कुनैं कमि हुन नदिन चिकित्सकहरुलाई आग्रह गर्नुभएको छ । उहाँले घाईतेहरुको उपचारमा सरकारले बिषेश ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उपचारमा संम्लग्न विज्ञ, चिकित्सक र अस्पताल व्यवस्थापनलाई घाईतेहरुको उपचारमा गम्भिर हुन र उपचारमा कुनैं कसर बाँकी नराखी उपचार गर्न मन्त्री पोखरेलले आग्रह गर्नुभएको छ ।

    शुक्रबार साँझ सहिद कृष्ण सेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्यूट, घोराही, दाङका शिक्षक र विद्यार्थी सवार बस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा ठूलो मानवीय क्षति भएको छ ।

    यसैंबिच मन्त्री पोखरेलले आज एक बिज्ञप्ती जारी गर्दै घटनाप्रती गहिरो दुःख व्यक्त गर्नुभएको छ । भविष्यका कर्णधार एवम् कर्मठ युवाहरूको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ । मन्त्री पोखरेलले जारी गर्नुभएको बिज्ञप्तीमा उल्लेख छ ः यस दुःखद घडीमा दुर्घटनामा परी ज्यान गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । उहाँले दुर्घटनामा परी घाइते हुनुभएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।
    मन्त्री पोखरेलले हिजो साँझ बसेको मन्त्री परिषद् बैंठकमा घटनाबारे जानकारी गराईसक्नु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार