२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रेडक्रस टौखाल उपशाखामा त्रिपक्षीय भिडन्त


२९८५ पाठक संख्या

पनौती- नेपाल रेडक्रस सोसाइटी उपशाखाहरुको अधिवेशन कार्यक्रम तिब्र रुपमा सम्पन्न भइरहेका खबर छन् । यसै

  • नवसंकेत अनलाईन
  • २०७५ पौष ८, आईतबार मा प्रकाशित ५ साल अघि
  • पनौती- नेपाल रेडक्रस सोसाइटी उपशाखाहरुको अधिवेशन कार्यक्रम तिब्र रुपमा सम्पन्न भइरहेका खबर छन् । यसै क्रममा आइतबार पनौतीका २ ओटा शाखाहरु सुन्थान र टौखालले निर्वाचन प्रकृया सँगै अधिवेशन आयोजना गरे । अधिवेशनबाट सुन्थान शाखाले सर्वसहमत ईश्वर बहादुर भण्डारीको सभापतित्वम नयाँ कार्य समिति चयन गरेको छ ।

    अन्य सर्वसहमत सदस्यहरुमा रामकृष्ण भण्डारी, बाबुराम भण्डारी,रञ्जु सापकोटा,राजेन्द्र कुमार दाहाल, नवराज सापकोटा,दिपक तिमल्सिना,यज्ञ प्रसाद हुमागाई,सरस्वती हुमागाई तिमल्सिना, र नविन रावल रहेका छन् । अधिवेशन कार्यक्रममा निर्वाचित सभापति तथा सदस्यहरुलाई शपथ गराउँदै नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका मन्त्री उद्धव पौडेलले सहमतिपूर्ण ढंगले अधिवेशन सम्पन्न गर्न सकेकोमा धन्यवाद दिँदै रेडक्रसको मर्म र सिद्धान्त अनुरुप कार्य गर्नुपर्ने बताउनुभयो । जिल्ला शाखाद्वारा सुन्थान रेडक्रसका लागि एम्बुलेन्स उपलब्ध गराउन लागेको जानकारी दिँदै उचित व्यवस्थापनका साथ संचालन गर्ननिर्देशन दिनुभयो ।

    कार्यक्रमा बोल्दै रेडक्रस जिल्ला उपसभापति रघुनाथ हुमागाईले संस्थाको विकासलाई ध्यान दिँदै लक्षित समूहका लागि सक्रिय रहन निर्देशन दिए । जिल्ला पूर्व उपकोषाध्यक्ष नारायण सापकोटाले संस्थाको हित नै प्रधान हुने भएकोले बिना स्वार्थ रेडक्रसको उद्देश्य अनुरुप कार्यगर्नुपर्ने बताए । बल्थली रेडक्रसका सभापति मकुन्द प्रसाद अर्यालले सफलताको शुभकामना प्रदान गर्दै रेडक्रसको सिद्धान्त र मर्म अनुरुप संचालन गरी लक्षित बर्गमा सहज सेवा प्रदान गर्नुपर्ने बताए । सर्वसहमतिपूर्ण ढंगले अधिवेशन सम्पन्न गरेकोमा धन्यवाद दिए ।

    त्यसै गरी शनिवार नै आयोजना गरिएको टौखाल उपशाखाको अधिवेशनमा कुनै पनि पदमा सर्व सहमत हुन सकेन । उक्त शाखाका लागि सभापति पदमा प्रल्हाद शर्मा हुमागाई,मिन बहादुर बस्नेत र विनोद बञ्जाराको दावी रहेको छ । अन्य पदमा पनि सर्वसहमत हुन सकेन । सभापति पदका उम्मेदवार हुमागाई तीन कार्यकाल अघि सर्वाधिक मतले सदस्य विजय भएका थिए । तत्कालिन अवस्थामा टौखाल उप–शाखा अधिवेशनमा पनि निर्वाचन प्रकृयाबाट नै पदाधिकारीको छनोट गरिएको थियो । जसमा १ सय २ मत खसेकोमा हुमागाईले ९८ मत प्राप्त गर्न सफल भएका थिए । निर्वाचन प्रकृयाबाट पदाधिकारीको छनोट गरिँदा पनि परिणाम हुमागाईकै पोल्टामा जाने आजिवन सदस्य एवम् मतदाता रविन बञ्जाराले बताए । स्थानीय समुदायमा विभिन्न सामाजिक कार्यमा समेत सक्रिय रहेका हुमागाई प्रति स्थानियको विश्वास भएकै कारण सबैको चाहना उहाँ प्रति नै हो । अन्य दुई आकांक्षीको पनि हुमागाई प्रति नै विश्वास छ । उनीहरुले पनि हुमागाई सँग निर्वाचनमा जाँदा पराजय भोग्नु पर्ने देखे पनि बाध्यात्मक अवस्थाले मात्र उम्मेदवारी दिएको एक उम्मेदवारले सार्वजनिक रुपमै बताएका थिए ।

    अर्का दुई प्रत्यासीहरु मध्ये मीन बहादुर बस्नेत यस अघि पनि कार्यसमितिका सभापति हुन् । यस अघि सार्वजानिक समारोहहरुमै आफू उम्मेदवार नदिने बताए पनि पछिल्लो समयमा आएर मात्र उनले उम्मेदवारी दिएका हुन । बाध्यकारी अवस्था सृजना भएर मात्र उनले उम्मेदवारी दिएको उपशाखा सदस्यहरुको भनाई छ । अर्का उम्मेदवार विनोद बञ्जारा रेडक्रस टौखाल उपशाखाका निर्वतमान सदस्य तथा पूर्व जिल्ला प्रतिनिधि हुन । यस अघिको निर्वाचनमा सभापति बस्नेतलाई सघाए बापत नै बञ्जारा जिल्ला प्रतिनिधिमा छनोट भएको चर्चा गरिदै आएको छ । पहिले दुवै पक्ष बिच सहमति भएर बस्नेतले विजय हासिल गरेपनि यो पटक यी दुई विचको प्रतिस्पर्धाले हुमागाईको पल्लाभारी हुने मतदाताहरुको भनाई छ ।

    यस विषयमा प्रतिस्पर्धी हुमागाई सँग प्रतिकृया लिँदा उनले रेडक्रस जस्तो नितान्त मानवीय संस्थालाई शुद्धिकरण गर्न मात्र उम्मेद्वारी दिएको बताए । मेरो कोही कसै सँग प्रतिस्पर्धा गर्ने इच्छा पनि छैन । न कोही मेरा लागि टाढा नजिकका नै हुन मेरो त मात्र रेडक्रसमा रहेर संस्थाको भावना अनुरुप संस्थागत विकास गरौं र स्थानीयलाई रेडक्रस छ भन्ने प्रत्याभूति गराउँ भन्ने चाहना मात्र हो उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार