२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

इर्साईहरु ले मनाय संयुक्त रुपमा क्रिसमस


२६९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ पौष १०, मंगलबार मा प्रकाशित ५ साल अघि
  • शुसिलराज गिरी
    पाँचखाल । इर्साईहरुको सबैभन्दा ठूलो पर्व क्रिसमस इर्साईहरु ले संयुक्त रुपमा मनायका छन् । इर्साई समुदायको मानिस यस पर्वलाई धेरै धूमधाम र उल्लासको साथ मनाउछन् ।

    यो पर्व हरेक वर्ष २५ डिसेम्बरमा मनाउने गरिन्छ । यही दिन प्रभु इसा मसीह जीसस क्राइस्टको जन्म भएको थियो । सोही दिन को सम्झना मा पाँचखल का प्रमुख महेस खरेल को प्रमुख अतिथी मा पाँचखाल नगर ईसाही समीती को संयोजकत्तो मा क्रिसमस कार्यक्रम मंगलबार पाँचखालमा सम्पन्न भएको छ ।

    जीसस क्राइस्ट एक महान व्यक्ति थिए र उनीले समाजलाई माया र मानवियताको शिक्षा दिए । उनले दुनियाको मानिसहरुलाई प्रेम र भाईचाराको साथ रहनलाई सन्देश दिएका थिए । जीसस इश्वरको एक्लो प्यारो पुत्र मान्ने गरिन्छ । ईश्वर हामी संग भन्ने मुल नारा का साथ सुरु भएको कार्यक्रम मा वडाको तर्फबाट हरेराम खतिवडा र पुष्कर ढकाल ले आफ्नो मन्तब्य राख्नु भएको थियो । उत्त कार्यक्रम मा क्रिसमस वचन रेभ पा डिल्लीराम पैडेलले बाड्नु भएका थियो भने कार्यक्रम संचालन पा सुबिन्द्व तिमल्सिना ले गर्नु भएको थियोे ।

    कार्यक्रम मा पाँचखाल कार्यपालिका सदस्य माईली दनुवार को भत्ता सहयोग मा प्रमुख अतिथी को हात बाट दृष्टिबिहीन र असाहय हरु लाई कम्बल र जनही ५००० हजार प्रदान गरीएको थियोे । साथै उत्त कार्यक्रम मा प्रमुख महेस खरेलले सम्पूर्ण ईसाइ लाई सुभकामना दिुनु को साथै आगामी दिन मा पाँचखाल को बिकास मा लाग्न आवाहन गर्नु को साथै इसाई समुदाय लाई नगर र आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । क्रिसमसको दिन इर्साई समुदाय ले आफनो घरलाई मज्जाले सजाउँछन् र प्रथाना घरहरु मा जम्मा भएर खुसी साटासाट गर्ने मा यसपालि संयुक्त रुपमा पाँचखाल मा रहेका सबै मन्डली ले एक साथ मनाएका छन् ।

    क्रिसमसको तयारीहरु पहिलेदेखि नै हुन थाल्छ कार्यक्रम संयोजक पा सान्ता सुनुवारले बताउनुभयो । अर्को सहभागी पा अजय लामा ले थप्नु भयो अन्य देसहरु मा लगभग एक हप्ता सम्म छुट्टी रहन्छन् । बजारहरुको रौनक बढछ । घर र बजार रंगीन रोशनीहरुले जगमगाइ उठछन् । खुसी साटीन्छ अनि आसिस बाढिन्छ तर नेपाल मा छुीट्टी कटौती गरेर ईसाइ समुदाय लाइ अर्को नजर बाट हेर्ने गरेको ले स्थानीय सरकार,नेपाल सरकार र एक अर्कोलाई प्रथना गर्न हामी ईसाइ एक साथ भेला भएको बताउनुभयो । लामा ले थप्नु भयो हामी बिरोध गर्दैनौं बरु प्रथाना गर्नेछौं किनभने हामीले सिकेको छौ धार्मिकता ले राष्ट्र को बिकास हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार