२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जनप्रतीनिधि द्वारा घरघरमा सरकारको महसुस


२५९९ पाठक संख्या

भेषवहादुर दनुवार आफुले गरेको कामको प्रतिफल कसरी देखाउन सकिन्छ भन्ने चिन्ता कसलाई हुदैन । कामको

  • नवसंकेत अनलाईन
  • २०७५ पौष १०, मंगलबार मा प्रकाशित ५ साल अघि
  • भेषवहादुर दनुवार
    आफुले गरेको कामको प्रतिफल कसरी देखाउन सकिन्छ भन्ने चिन्ता कसलाई हुदैन । कामको प्रतिफल देखाउनकै लागी पनि निति गत व्यवस्था र कानुनि प्रावधान अनुसार कसरी गर्न सकिन्छ भनेर गर्ने मनहरु जो सुकैको हुन्छ ।

    अझ पनौति नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गुणनाथ सापकोटा विगत का दिन देखिनै नै निर्वा्चित भए पश्चात अझ नागरिकको घरघर र आगनमा सरकारको महसुस कसरी दिलाउने भनेर लागी पर्नु भएको छ यसै क्रममा गत आर्थिक वर्षमा पनौति नगरपालिका वडा नं. १ बाट जनता संग आमने सामने कार्यक्रम गरेर नगरपालिकाको गतिविधिमा जनताको धारणा र सुझाव संकलन गर्ने कार्यको सुभारम्भ गर्नु भयो ।

    यसको प्रतिफल स्वरुप नगरपालिका मार्फत १२ वटा नै वडामा जनता संग आमने सामने कार्यक्रम सम्पन्न गर्न र सफलता हासिल गरेकोमा मन हर्ष भएको धारणा व्यक्त गर्नु हुन्छ । यस बर्ष पनि अझ कसरी जनताको मनमा गुम्सिएको धारणा संकलन गर्न आतुर रहेको कुरा व्यक्त गर्नु हुन्छ । यस वर्ष पनि जनता संग आमने सामने कार्यक्रम वडा नं. १ बाट शुरु गरी नमुना कार्य र जनप्रतिनिधि भएको र रहेको महसुस गराउने तयारी गरीरहनु भएको छ ।

    यसै क्रममा पनौति नगरपालिका वडा नं. १ मा सामुदायिक सारथि मार्फत सञ्चालित पारस्पिरिक जवाफदेहिता कार्यक्रममार्फत आफुलाई सहज रुपमा आम नागरिकको गुनासो संकलन गर्न लागी परिरहनु भएको छ । यसै क्रममा वडा गत रुपमा कृषि, शिक्षा, स्वास्थ्त तथा प्रकोप विपतको विषयमा के कस्तो कार्यक्रम भैरहेको छ । यस वर्षको कार्यक्रम कसरी गरिदै छ । स्थानिय नागरिकको भुमिका कसरी प्रभावकारी बनाउन सकिन्छ र समग्र पनौति नगरपालिकामा उत्कृष्ट कार्य गर्न सकिन्छ भन्ने तयारीमा रहि रहदा । पारदर्शिता किन, कसको लागी, कसले, कसरी, कहा गर्ने भन्ने विषयमा नेपानका प्रशिक्षक गोविन्द राज पौडेल मार्फत सामुदायिक सुसाशन औजारको विषयमा छलफल कार्यक्रम गर्दा स्थानिय सभा पदाधिकारी रयाले रेडियो श्रोता क्लव तथा वडा वाट निवार्चित जनप्रतिनिधिको उपस्थितीमा छलफल हुदा अझ प्रभावकारी रुपमा पारदर्शि स्थानिय सरकार जनप्रतिनिधि मात्रै हैन नागरिकलाई पनि उर्जा प्रदान गरेकोमा खुशि व्यक्त गर्नु हुन्छ ।

    सार्वजनकि परिक्षण, सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम किन कसले कसरी को मार्फत कसको सहभागितामा गर्ने भनि गरिको प्रशिक्षण सामग्रीको समग्र उपस्थित अनुशिक्षण कार्यक्रमको सहभागितामार्फत अझ सहज र सरल रुपमा यस वर्षको कार्यक्रम यस वडा तथा वडामा रहको सेवा प्रदायक निकाय मार्फत गर्न आफुले गर्नु पर्ने भुमिकाको विषयमा प्रतिबद्ध भई अगाडी बढने जानकारी गर्नु भयो । अझ यस अनुशिक्षण कार्यक्रमको क्रममा लक्षित वर्ग बजेटको विषयमा जनजाती तामाङ्ग समुदाय र केहि नेवार समुदाय बाहेक अधिकांश ब्रामण समुदाय भएतापनि गरिविको रेखामुनि रहेका नागरिकको लागी लक्षित बजेट प्रयोगमा ल्याउने उपयोग गर्न सकिने कुरामा सहजिकरणको क्रममा रहनु भएको सामुदायिक सारथि का व्यवस्थापक अनिल खनाल को विषय बस्तुमा प्रतिबद्धता जनाउनु भयो ।

    कार्यक्रमको क्रममा नगरपालिका का उपमेएर गीता बञ्जरा यस नगरपालिका मार्फत गरिने शुसासन तथा पारदर्शितामा कहिल्यै पछाडी नहटने र सधै सकृय रुपमा लाग्ने कुरा बताउनु भयो । समग्रमा पनौति नगरपालिकामा सामुदायिक सारथिको सहयोग लिई जनतासंग आमने सामने कार्यक्रमको लागी सबै निर्वा्चित जनप्रतिनिधि तथा वडा अध्यक्ष मार्फत सामुदायिक सारथिका प्रतिनिधिलाई सहयोग पु¥याउने पनि जानकारी र प्रतिबद्धता गर्नु भयो जुन कार्य गत आर्थिक वर्षमा पनि सामुदायिक सारथि मार्फत गरिएको थियो । लक्षित बजेट, विकास बजेट, का साथै हरेका विषय तथा स्थानिय सरकारले गरेको कामको सृजनात्मक सल्लाह सुझाव गर्ने साझा थलोको रुपमा कार्य गर्न सबै नागरिक तथा नगवासी लागन्ु पर्ने कुरा व्यक्त गर्नु भयो ।

    पारस्पिरिक जवाफदेहिता, हाम्रो प्रतिबद्धता सामाजिक जवाफदेहिता संयन्त्र अनुशिक्षण कार्यक्रम स्थानिय सभा संयोजक तुल प्रसाद सापकोटाले गर्नु भएको थियो भने सहभागिको रुपमा रयाले स्थानिय सभा प्रतिनिधि, रयाले रेडियो श्रोता समुह सदस्य सहित वडा नं. १ का कृषि प्राविधिक ऋतकुमार सापकोटा भेटेनरी प्राविधिक मदन न्यौपाने सहित सभाअध्यक्ष वडा कार्यालयका वडा अध्यक्ष गुणनाथ सापकोटा तथा विशिष्ट अतिथि पनौति नगरपालिका उपमेएर गीता बञ्जरा को उपस्थिती रहेको थियो । साथै कार्यक्रमको संयोजन तथा आयोजना सामुदायिक सारथि मार्फत गरिएको कार्यक्रममा सामुदायिक सारथिका जिल्ला संयोजक भेषराज दनुवार समेत कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार