२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

पाँचखालमा आइ.पि.एम प्रविधि बाट तरकारी खेती, लवग्रीनको प्राबिधिक सहयोगले धेरै उत्पादन – कृषक


१११९२ पाठक संख्या

  शुसिलराज गिरी पाँचखाल- पाँचखाल का कृषकहरु आइ.पि.एम प्रविधि सिक्दै न्यून लागत मा ताजा तरकारी

  • नवसंकेत अनलाईन
  • २०७५ पौष १०, मंगलबार मा प्रकाशित ५ साल अघि
  •  

    शुसिलराज गिरी
    पाँचखाल- पाँचखाल का कृषकहरु आइ.पि.एम प्रविधि सिक्दै न्यून लागत मा ताजा तरकारी खेतिको लागि तयारी गरीरहेका छन् । पाँचखालमा उत्पादन भएको ताजा तरकार बिषादि न्युनिकरण गर्दै उपभोक्ताहरु समक्ष्य उपभोग को लागी पठाउने तर्फ कृषकहरु तयारीमा जुटेका छन् ।

    मौसमी तथा बेमौसमी ताजा तरकारी आइ.पि.एम प्रबिधी बाट खेति गर्दा सफल हुने मा आफु आशाबादी रहेको एक प्रसिक्षार्थी कृषक झिबिध्वज तामाङ ले बताउनुभयो । लवग्रीन नेपाल वातावरण मैत्रि एकीकृत दीगो विकास परियोजनाले पाँचखालमा आइ.पि.एम तरिकाबाट खेति गराउन निरन्तर कार्यक्रम गरीरहेको छ ।
    लवग्रीन नेपालले माटो परिक्षण गरी सुधार गर्नु पर्ने बिषयमा समेत जानकारी गराउंदै कृषकहरुलाई कम खर्चमा बिषादी रहित ताजा तरकारी उत्पादन गराउनको लागी विभिन्न भिडियो ,डकुमेन्ट्री सहित को कृषक पाठशाला संञ्चालन गरिरहेको कृषक अगुवा तेजप्रसाद तिमल्सिना ले बताउनुभयो । समय समयमा कृषकहरुसंग कृषि बिज्ञहरुलाई झिकाएर अन्तक्र्रिया कार्यक्रम समेत गर्ने गरेको कार्यक्रम संन्चालक गोबिन्द प्रसाद पान्डे ले ले बताउनुभयो । लबग्रीन नेपालको प्राबिधिक सहयोगमा आइ.पि.एम तरिकाबाट भएको काउली खेतिको अवलोकन पस्चात पुःण अन्तक्र्रियात्मक कार्यक्रमले कृषक को दुबिधा हटेको कार्यक्रम संन्चालक गोबिन्द प्रसाद पान्डे ले बताउनुभयो ।

    कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालयका प्रमुख ले, जाईका योकोहाना लवग्रीन जापानको सहयोगमा पाँचखालमा संञ्चालन भएको अगुवा कृषकहरुको समुहहरुलाई जैबिक बिषादीको माध्यमबाट ताजा तरकारी खेति गराउने उद्देस्यले कृषक पाठशालाहरु संञ्चालनमा ल्याएको बताउनु भयो । उहाँ प्रमुख ले भन्नुभयो लब ग्रीनले पाँचखाल र यहाँ को कृषक को भविश्य उज्जलबनाउदै गरेको मा खुसी ब्यत्त गर्नु भयो ।

    त्ययसैगरी कृषि बिकास कार्यालयका कृषि प्रचार अधिकृत कृष्ण धितालले पाँचखालमा उत्पादन भएको बिभिन्न प्रकारका ताजा तरकारीमा बिषादिको मात्रा अन्यत्रको भन्दा अत्यन्त कमी भएको पनि बताउनु भयो। पाँचखालमा उत्पदीत बिभिन्न तरकारीहरु खान योग्य र अन्यत्रको भन्दा बिषाधी अत्यन्त कमी भएको पनि बताउनु भयो । उत्त तालिम मा लवग्रिन नेपालका कार्यक्रम अधिकृत नारायण प्रसाद ज्ञवालिले बिषादिबाट हुने नोक्सानि ले मानव स्वास्थ्य र वातावरणलाई समेत नोक्सान पुर्याउने हुनाले बिषादि प्रयोगलाई कम गर्दै लगेर अर्गानिक खेती मा आफुहरु लागेको बताउनु भयो ।

    उहाँले भन्नुभयो हाम्रो उद्देस्य भनेको वातावरण साथै मानव स्वास्थ्य जोगाउने र कृषकहरुको खर्च घटाई, आम्दानिमा बृद्धि गराउने हो । त्यसको लागि जनचेतनामूलक कार्यक्रम गर्दै बिषादिलाई अनावस्यक प्रयोगमा रोक लगाउंदै जाने बताउनु भयो । कृषकहरु र उपभोक्ताहरुको हितको खातिर जैबिक बिषादिको माध्यमबाट खेति गराउने बिषयमा कृषकलाई जागरुक बनाउन कार्यक्रम ले मुख्य भुमीका खेलेको सहभागी कृषक भबानी श्रेष्ठले बताउनु भयो ।

    त्यसैगरी पाँचखाल ५ का अगुवा कृषक चेतनाथ गौतम ले भन्नुभयो २०६० सालबाट लगातार तरकारी कै काम र खेती गर्दै आईयो सुरुमा राम्रो उत्पादन हुन्थ्यो तर बेच्न समस्या अहिले आएर उत्पादन भएको तरकारी बिक्रिको लागि बजार पाईन थाल्यो जसका कारण खुसि भयौं, पछिल्ला समयमा आएर बालि सफल नहुदा दिक्क भएका थियौं यहि समयमा लव ग्रीन नेपालले आइ.पि.एम तरिकाले खेती गराएर नयाँ तरीका सिकाउदा खेति सफल भएकोमा खुसि भएको गौतम को भनाई रहेको छ । काउली खेती गर्न छाडेका थियौं, चिसो ले फल्ने समयमा विरुवा नबड्ने र साना हुने कारणले गर्दा । लव ग्रीन नेपालका प्राबिधिक टोलिले मेरै बारिमा काउली लगाउने कुरा गर्दा साना हुने फुल्न टाइम लाग्ने र नोक्सान हुने हो की भन्दै आनाकानी गरेको थिए तर नयाँ तरीकाले खेती गर्दा सफल भएकोले अव जथाभावि तरीकाले खेती नगरी आइ.पि.एम तरीकाले अरु खेती पनि गर्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार