२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा मेलमिलाप केन्द्र स्थापना, संयोजकको जिम्मेवारी थापालाई


२८८० पाठक संख्या

पाँचखाल-पाँचखाल नगरपालीकाको वडा नं ३ मा सामुदायीक मेलमिलाप सेवा केन्द्र स्थापना भएको छ । न्यायीक

  • नवसंकेत अनलाईन
  • २०७५ पौष १०, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-पाँचखाल नगरपालीकाको वडा नं ३ मा सामुदायीक मेलमिलाप सेवा केन्द्र स्थापना भएको छ ।

    न्यायीक समितीको संयोजक एवं पाँचखाल नगरको उप—प्रमुख लक्ष्मी दनुवारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि दनुवारले नगरमा भएका १३ वटै वडामा केन्द्र स्थापनाको कार्य सके पश्चात यही पौषमहिना भित्र नगर परिषदवाट मेलमिलापकर्ता सुचिकृत गर्दै परिचय पत्र वितरण गर्ने बताउनुभयो । विवाद समाधानमा मेलमिलापकर्ताको महत्वपुर्ण भुमिका रहने कुरा बताउँदै अब वडा नं १० मा आगामी ११ गते केन्द्र स्थापना सँगै केन्द्र स्थापनाले पुर्ण रुप पाउने बताउनु भयो ।

    वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारीको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा प्राकृतीक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालकी जिल्ला संयोजक उमा थापा र वडा अध्यक्ष सुन्दर अधिकारीले आ आफ्ना विचारहरु राख्नु भएको थियो । केन्द्र संयोजकको जिम्मेवारी ज्ञान बहादुर थापाले सम्हाल्नु भएको छ । वडा कार्यालयको आयोजना र प्राकृतीक स्रोत द्धन्द रुपान्तरण केन्द्रको सहयोग तथा समन्वयमा सम्पन्न उक्त कार्यक्रमको संचालन जिल्ला प्रशिक्षक परमात्माराम पराजुलीले गर्नुभएको थियो भने मेलमिलापकर्ता सरस्वती भेटवालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार