२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा चोरीको विगविगि, एकै रातमा चारठाउंमा चोरी


४१६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ पौष १८, बुधबार मा प्रकाशित ५ साल अघि
  • पवन गौतम
    पाँचखालपछिल्लो समयमा आएर पाँचखाल बजारमा चोरीको विगविगि बढेको छ । मंगलबार रातीको समयमा दुई किराना पसल साथै पार्कीङ्ग गरीराखेको दुई वटा निसान गाडीमा रहेको स्पेयर टायर समेत चोरी भएको छ ।

    पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाट बजारमा रहेको जगन्नाथ अधिकारी र सान्ता वहादुर नापीतको गरी दुई किराना पसलमा चोरी भएको पिडित पक्षले जानकारी गराएका छन् । उक्त पसलमध्य जगन्नाथ अधिकारीको पसलबाट पसलमा रहेको सवै प्रकारको चुरोटहरु साथै अन्य किराना सामान र १ थान मोवाईल समेत गरी ८५ हजारको सामान चोरी भएको पिडितले जानकारी गराउनु भएको छ । त्यसैगरी सान्त वहादुर नापीतको पसलबाट बिभिन्न प्रकारका चुरोटहरु साथै किराना सामानहरु गरी ६० हजारको सामान हराएको पिडित पक्षले बताउनु भएको छ ।

    त्यसैगरी उक्त चोरी भएको किराना पसल भन्दा केही पर पार्क गरी राखेको केशर बहादुर श्रेष्ठको बा.५ ख ६७३३ नं को महेन्द्र निशान र पुर्ण वहादुर दनुवारको वा.५ ख ६७२४ नंको महेन्द्र निशान गाडीको स्पेयर टायर चोरी भएको छ । चोरीको बिषयमा पाँचखाल प्रहरी चौकिका प्रमुख शिवप्रसाद पराजुलीसंग सम्पर्क राख्दा पसल चोरीको क्रममा फोरिएको तालाको प्रकृति हेर्दा सामान्य ढंगको चोर नभई पेसेवर जस्तो रहेको आशंका भएको वताउनु भयो । चोरीको बिषएमा एक जनालाई सोधपुस गरेको र अनुसन्धान कार्य भई रहेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार