२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रोशीका कृषकलाई ट्याक्टर वितरण


२३३४ पाठक संख्या

रोशी-राशी गाउंपालिकका कृषकहरुलाई आधुनिक ढंगबाट खेती गराई कृषकलाई धनि गराउने उद्देस्यले ५० प्रतिशत अनुदानमा हाते

  • नवसंकेत अनलाईन
  • २०७५ पौष २४, मंगलबार मा प्रकाशित ५ साल अघि
  • रोशी-राशी गाउंपालिकका कृषकहरुलाई आधुनिक ढंगबाट खेती गराई कृषकलाई धनि गराउने उद्देस्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरेको छ । पाउंपालिकाले यान्त्रिकरणको माध्यमबाट खेती गराउने उद्देश्यले १६ लाख बजेट बिनियोजन गरेको थियो ।

    एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष डीबी लामाले किसानहरुलाई मिनी टिलर वितरण गर्नु भएको थियो । यान्त्रिकरण मार्फत किसानको आयस्रोतमा बृद्धि गराउने उद्धेश्यले गाउँपालिकाले हातेटयाक्टर वितरण गरेको हो ।

    गाउँपालिकाको १२ वटै वडामा रहेका कृषि समूह, सहकारी मार्फत आएका निवेदनका आधारमा मिनीटिलर वितरण गरिएको जानकारी प्राप्त भएको छ ।
    कृषि शाखाका प्रमुख खेमराज वाग्लेका अनुसार गाउंपालिकामा कृषि समुह र सहकारी गरी ८० समूहले निवेदन दिएका थिए । वडाको सिफारिस, उत्पादनको क्षमता, समूहका आधारमा छनौट गरिएका २९ कृषकलाई पहिलो चरणमा हातेट्याक्टर वितरण गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार