२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बिचौलीयाको अन्त्यको लागी १२ सहकारीको छनोट – लम्साल


३२८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ पौष २७, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-“कृषकहरुले उत्पादन गरेको कृषि उपजमा विचौलीयाको कारण उपभोक्ता तथा कृषकहरु मारमा परेकोले बिचौलीयाको अन्त्यको लागि प्रयास थालेको छ । जव विचौलीयाको अन्त्य हुन्छ तब उपभोक्ता तथा कृषक दुवैलाई हित हुन्छ । सवै पक्षलाई फाईदा पुग्ने ढंगको कार्य गर्न काभे्र जिल्लामा रहेका बिभिन्न १२ वटा सहकारी छनोट गरेको छ” ।

    उक्त भनाई काभे्र प्रदेश नं ३ बाट निर्वाचित सांसद लक्ष्मण लम्सालले जीवनमार्ग कृषि सहकारी संस्थाको छैटौं बार्षिक साधारण सभा उद्घाटनको क्रममा बताउनु भएको हो । प्रमुख अतिथि सांसद लम्सालले थप्नुभयो कृषकले उत्पादन गरेको तरकारी तथा फलफुलले उचित मुल्य नपाउंदा कृषकहरु चिन्तित हुंदै खेती तर्फ नैरास्यता भएको बताउनु भयो । कृषकले सस्तोमा बेच्नु पर्ने तर उपभोक्ताले महंगोमा उपभोग गर्नु पर्ने बिचौलीयाले ४० प्रतिशत सम्म लिने गर्दा समस्या परेको बताउनु भयो ।

    कृषि प्रधान देशका कृषकहरुको हितकोे लागी सरकारले कदम अगाडी बढाएको वताउंदै सांसद लम्सालले भन्नुभयो, कृषिको लागि उर्वरा भूमिको रुपमा रहेको पाँचखाल र आसपासको क्षेत्रका कृषकहरुको हितको लागि बजारको व्यवस्था गर्न पाँचखालमा रहेका ४, मण्डन देउपुरमा रहेको ४ र धुलिखेल नगरमा रहेको ४ सहकारी गरी जम्मा १२ ओटा सहकारीको छनोट गरेको बताउनु भयो । पाँचखालमा खेती गर्न सिंचाईको कारण समस्या रहेकोले सिंचाईको व्यवस्थाको लागि पहल भएको बताउंदै आफुले निर्वाचनको समयमा जे जती बोलेको पुर्ण गर्ने बताउनु भयो ।

    त्यसैगरी कार्यक्रमका बिशेष अतिथि पाँचखाल नगरका उप—प्रमुख लक्ष्मी दनुवारले पाँचखाल नगरमा रहेको १ सय ४३ सहकारी संस्थाहरुलाई राम्रो साथै व्यवस्थित ढंगबाट अगाडी बढाउनको लागि नगरले पहल गरेको बताउनु भयो । सहकारी तथा शेयर सदस्यहरुको हितको खातिर सहकारी ऐन तयार भई सकेको, केही दिनमै जारी गर्ने बताउनु भयो । सहकारीले गर्दा नगरवासिहरुलाई सानो तिनो आर्थिक समस्याको लागि ठुलो टेवा मिलेको बताउनु भयो । सहकारी नहुंदा सामान्य रुपको रकम खाँचो हुंदा समेत साहुंकोमा पुगी घरवारी पास गर्नु पर्ने अवस्थालाई सहकारीले गर्दा निमिट्यान्न पारेको बताउनु भयो । उहाँले थप्नुभयो “जव सहकारी फस्टाउंदै आयो तव साहुले गरीवको जग्गा खान पाएनन्” । सहकारीले अवका दिनमा विगतको जस्तो आर्थिकको मात्र कारोबार गर्ने नभई उत्पादनको क्षेत्रमा अगाडी बढ्नु पर्ने बताउनु भयो ।

    संस्थाको अध्यक्ष शुसिलराज गिरीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पाँचखाल नगर सहकारी समन्वय समितिका प्रतीनिधि विद्यालक्ष्मी देउजा, प्रतिष्ठा कृषि सहकारी संस्थाका उपाध्यक्ष ज्ञानबहादुर थापा, चन्द्र शुर्य सहकारीका प्रतीनिधि उद्धव प्रसाद तिमल्सिना लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    संस्थाका सदस्य अजय हुमागाईबाट संञ्चालित कार्यक्रममा संस्थाका उपाध्यक्ष सन्तोष पराजुलीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाका सचिव प्रज्ञा भट्टराईले प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो । कोषाध्यक्ष भिमसेन गिरीले २ करोड १ लाख ५४ हजार, ५ सय ८५ को आय व्यय बिवरण पस्तुत गर्नु भएको थियो । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष शुसिलराज गिरीले आगामी दिनमा सहकारीले आर्थिक कारोवारका साथै शेयर सदस्यहरुलाई उत्पादनको क्षेत्रमा डोहो¥याउने कार्यको लागि सहकारीले पहल गर्ने साथै सामाजिक कार्यहरुमा समेत अग्रसर रहने बताउनु भयो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार