२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दुलालथोक गुठी सहायता समितिको साधारण सभा, नीति नियमलाई अवज्ञा गर्नेलाई निस्कासन


३०९४ पाठक संख्या

पाँचखाल-आफ्नो गाउं टोल साथै बस्तिमा कुनैपनि समस्यामा कोहीपनि एक्लो हुनु नपरोस भन्ने उद्देस्यले स्थापना गरेको

  • नवसंकेत अनलाईन
  • २०७५ पौष २८, शनिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-आफ्नो गाउं टोल साथै बस्तिमा कुनैपनि समस्यामा कोहीपनि एक्लो हुनु नपरोस भन्ने उद्देस्यले स्थापना गरेको दुलालथोक गुठी सहायता समितिको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    गुठीमा आवद्ध भएका सदस्यहरुका बिचमा सहकार्य गर्दै शुभ वा असुभ कार्य साथै अन्य कुनैपनि समस्या परेको अवस्थामा सम्पुर्ण गुठीयारहरुले साथ सहयोग गरी सहकार्य गर्दै आएको सहायता समितिले बार्षिक साधारण सभा गर्दै विगतमा भएको कार्य साथै आगामी दिनमा गर्नुपर्ने कार्यको बिषयमा व्यापक छलफल गरेको छ ।

    साधारण सभामा गुठिको नीति नियम विरुद्ध कार्य गर्दै आएको एक जना गुठियारलाई सदस्यताबाट हटाएको छ । गुठीलाई थप मजबुत पार्दै लाने साथै सामाजिक कार्यमा समेत अग्रसरता रहंदै अगाडि बढ्ने निचोट भेलाले निकालेको छ । विगत बर्षहरुबाटै समाजमा रहेका जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने कार्यलाई यो बर्ष पनि निरन्तरता दिएको छ । जसमा मिनकुमारी शिवभक्ति, रामबहादुर सापकोटा, बालकृष्ण दुलाल, यज्ञवहादुर दुलाल समेत १८ जनालाई सम्मान गरेको थियो ।

    समितिका अध्यक्ष लक्ष्मण सापकोटाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार एवं पाँचखाल वडा नं ६ का वडाध्यक्ष रामशरण दुलाल र सल्लाहकार संयोजक हिरिप्रसाद दुलालले आ—आफ्नो धारणा राख्नु भएको थियो । कुसुम दुलालबाट संञ्चालन भएको उक्त कार्यक्रममा संस्थाको प्रगति बिवरण तथा आर्थिक बिवरण समेत प्रस्तुत भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार