२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा सेजको लागी ३ अर्व आवश्यक जनशक्ति स्थानियले पाउनु पर्छ – संजय


२३०९ पाठक संख्या

पाँचखाल-पाँचखाल नगरपालीका वडा नं ८ मा बिशेष आर्थिक क्षेत्र (सेज) निर्माणको लागि कार्य सुरु भएको

  • नवसंकेत अनलाईन
  • २०७५ माघ २, बुधबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-पाँचखाल नगरपालीका वडा नं ८ मा बिशेष आर्थिक क्षेत्र (सेज) निर्माणको लागि कार्य सुरु भएको छ । २०६८ सालबाटै निर्माणको प्रकृया अगाडी बढेपनि अस्थिर राजनीतिको कारणले गर्दा कार्य सुरु हुन सकेको थिएन । हाल आएर जनप्रतीनिधिहरुको पहलमा कार्य अगाडी बढेको छ ।

    नेपालको बिभिन्न स्थानमा गरी १४ स्थानमा निर्माण हुन लागेको सेज मध्य पाँचखालमा निर्माण हुने सेजको बिशेष महत्व रहेको छ । पाँचखालमा संचालन हुन लागेको बिशेष आर्थिक क्षेत्र (सेज) ले पाँचखालको मात्र नभएर काभे्र जिल्लाको साथै मुलुककै गौरवको बिषय हो । सो स्थानबाट बिभिन्न ५२ वटा निर्यातमूलक उद्योग स्थापना गर्न सकिने सम्भाव्यता रहेको गुरुयोजनामा उल्लेख भएको छ । पाँचखाललाई भैरहवा पछिको दोस्रो प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने तयारी गरेको छ ।

    विशेष आर्थिक क्षेत्र प्राधिकरणले पहिलो चरणमा प्रशासनिक भवन साथै बार वन्देजको लागि १२ करोडको टेन्डर लगाई कार्य सुरु गरेको छ । निर्माण कार्यको लागि लामा एण्ड स्मृति कन्स्ट्रक्सनले वनको रुख काट्ने कार्य थाली सकेको छ । सोही बिषयमा सेज निर्माण हुने वडाका वडाअध्यक्ष संजय तामाङसंग सम्पर्क राख्दा पहिलो चरणमा २० रोपनीको रुख काट्ने कार्य भएको जानकारी गराउनु भयो । ४ सय रुख काटी सकेको र उक्त काटिएको रुखहरु डिभिजन वन कार्यालय मार्फत स्थानीयलाई हस्तान्तरण गर्नेछ । वन उपभोक्ता समिति, सम्बन्धित वडा र नगरपालिकाको बिक्रि बितरण गर्ने तयारी रहेको वताउनु भयो । रुख तथा दाउरा बिक्रिबाट भएको आम्दानी मध्यको ४० प्रतिशत बिरुवा रोपन तथा संरक्षणमा खर्च गर्ने र बाँकी ६० प्रतिशत विकास निर्माण खर्च गर्ने बताउनु भयो ।

    वडा अध्यक्ष तामाङका अनुसार पछिल्लो चरणहरुमा जग्गा तयारी गर्दा ६ हजार रुखहरु काटिने बताउनु भयो । ठुलो परिठणामको रुख काट्ने, बितरण गर्ने, वृक्षा रोपवन, वन संरक्षण साथै बिकास निर्माणको कार्यको लागि सम्बन्धित वडा र नगरपालिका समेतको समन्वयमा वन उपभोक्ता समिति समेत भएर अगाडी बढ्नु पर्ने बताउनु भयो । सेज निर्माणको लागि हुने कार्यको लागि आवश्यक जनशक्तिको लागि स्थानियलाई प्राथमिकता दिनु पर्ने बिषयमा छलफल भएको बताउनु भयो ।
    सेज संचालनको लागि दुईवटा सामुदायिक वनका रुखहरु काट्नका लागि सम्बन्धित निकायबाट आदेश ढिलाइ हुँदा कार्यको सुरुवात ढिला भएको जानकारी प्राप्त भएको छ ।

    दूई महिना भित्रमा भवन निर्माण शूरु गरिने सेज प्राधिकरणले जनाएको छ । प्राधिकरणले सेजको निर्माणका लागि २ अर्ब ९५ करोड २७ लाख १७ हजार रुपैयाँको अनुमानित लागत तयार गरेको छ । सेज परिसरमा मनोरञ्जन केन्द्र र स्विमिङ पूलसमेत बन्ने गुरुयोजनामा उल्लेख रहेको छ । निर्यातमूलक उद्योगलाई एउटै स्थानमा स्थापना गरेर निर्यातलाई प्रोत्साहन दिन सरकारले पाँचखाललाई विशेष आर्थिक क्षेत्र (सेज) का रुपमा घोषणा गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार